प्युठानको सिंगो पार्टी समिति ४ न. केन्दिय टोलीसँगै जिल्ला भरी तिव्ररुपमा जनसम्वन्ध विस्तार अभियानमा

प्युठानको सिंगो पार्टी समिति ४ न. केन्दिय टोलीसँगै जिल्ला भरी तिव्ररुपमा जनसम्वन्ध विस्तार अभियानमा

 

प्युठान । प्युठानमा तिव्रगतिमा जनसम्वन्ध विस्तार अभियान अगाडि बढीरहेका समाचार आइरहेका छन् । जनसम्वन्ध विस्तार अभियानको ४ न. टोलीले अभियानको २४औ दिनमा प्युठानका चारस्थानमा कोणसभा सम्पन्न गरेको छ ।
प्युठान पार्टीले २्२ वटा गाडी दुई दुई वटा माइकको व्यवस्था गरेर प्युठानको सिंगो पार्टी समिति केन्दिय टोली सँगै जिल्ला भरी तिव्ररुपमा जनसम्वन्ध विस्तार अभियानका क्रममा कोणसभा जनभेटधाट पर्चा वितरणका काम तिव्ररुपमा अगाडी वढाइरहेको कुरा पार्टी सचिव विरवहादुर पुनले जानकारी दिनु भएको छ ।
प्युठान जिल्लाको दर्भानमा भएको कोणसभालाई पार्टीका स्थायी समिति सदस्य तथा ४ न. टोलीको नेता हेमन्त प्रकाश ओली र पिविएम केवि गुरुंङले सम्वोधन गर्नु भएको छ भने उक्त कोणसभालाई सञ्चालन पार्टीका जिल्ला सचिव विरवहादुर पुनले गनुृ भएको हो ।
त्यसैगरी वडडाडामा भएको कोणसभालाई पार्टीका पिविएम लालवहादुर जाग्रीले सम्वोधन गर्नु भयो भने सञ्चालन कृष्ण रानाले गनु भएको थियो ।
अर्को कोणसभा प्युठानको चकचके वजारमा भएको थियो, जसलाई पार्टी पिविएम धनेश्वर पोखरेलले सम्वोधन गर्नु भएको थियो र जिल्ला सचिव विरवहादुर पुनले सञ्चालन गर्नु भएको थियो ।
यसै गरी भिग्रि वजारमा भएको कोणसभालाई पिविएम केवि गुरुङगले सम्वोधन र जिल्ला सचिव विरवहादुर पुनले सञ्चालन गर्नु भएको थियो ।
अभियानको ४ न. टोली वैतडीको झुलाघाट वाट गत चैत्र ४ गते अभियानको उदघाटन गरेर वैतडी, डडेल्धुरा ,डोटी ,अछाम, दैलेख , सल्यान, सुर्खेत, दाङ हुदै प्युठान पुगेको हो ।