चैत्र २९ गते ३ नम्बर टोली बाग्लुङमा “राष्ट्रिय राजनैतिक परिस्थिति र अबको विकल्प“ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी

चैत्र २९ गते ३ नम्बर टोली बाग्लुङमा “राष्ट्रिय राजनैतिक परिस्थिति र अबको विकल्प“ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी

चैत्र २९ ढोरपाटन । ३ नम्बर अभियान टोली ढोरपाटन नगरपालिका–१को बुर्तिवाङ बजारमा बाग्लुङ जिल्ला पार्टीले आयोजना गरेको “राष्ट्रिय राजनैतिक परिस्थिति र अबको विकल्प“ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भयो । उक्त कार्यक्रमको प्रमुख अतिथि स्थाई समिति सदस्य तथा टोली नेता कमरेड कृष्णराज पौडेल हुनुहुन्थ्यो । प्रमुख अतिथि कृष्णराज पौडलले अन्तरक्रिया कार्यक्रममा बिषयबस्तु राख्नु भएको थियो । कार्यक्रमको अध्यक्षता बाग्लुङ जिल्ला सचिवालय सदस्य गुञ्जमान घर्तिमगरले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन तिलक बुढाले गर्नु भएको थियो ।

अतिथिहरुमा पार्टीका पिबिएमहरु केश बहादुर परियार, शेरबहादुर देउवा र नारायण योगी हुनुहुन्थ्यो । वैकल्पिक पिबिएम जितामित्र सुनार र केन्द्रीय सदस्यहरु दिलबहादुर कठायत र झनक श्रेष्ठको पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रममा अतिथिको हैसियतबाट विषयवस्तु उपर राष्ट्रिय जनमोर्चाका प्रतिनिधि नर बहादुर सुनार, नेपाल कम्युनिस्ट पार्टी ( विप्लव)का हरि कुँवर, माओवादी केन्द्रका नगर अध्यक्ष हेमचन्द्र घर्ती मगर, एमाले प्रतिनिधि फारम बहादुर कुँवर, नेकपा (एकिकृत समाजवादी)का प्रतिनिधि बाल राम कुँवर, स्वतन्त्र बाम बुद्धिजीवी दल बहादुर भण्डारी, पत्रकार महासंघका लोकेन्द्र सुनार, ईन्द्रमणी पाण्डे र कुलबहादुर छन्त्यालले आ–आफ्नो विचार राख्नु भएको थियो ।


अन्तक्र्रियामा उठेका बिषयहरुमा कमरेड कृष्णराज पौडेलले प्रष्ट पार्नुभएको थियो ।

अभियान टोलीले बजार क्षेत्र वरिपरि ब्यापक पर्चा वितरण गर्नुका साथै वाल पेन्टिङ पनि गरेको छ ।