चैत्र २९ गते दिनभरी १वोटा जनसभा र ९ वटा कोणसभाहरु सम्पन्न गरिएका थिए । जसमध्ये पहिलो कोणसभा बयलबास बजारको बसपार्कमा भयो । उक्त कोणसभालाई पार्टी सिसिएम कमरेड टेकबहादुर विकले सम्बोधन गर्नु भएको थियो ।
दोस्रो कोणसभा बयलबास पोखरी टोलमा भयो । यो काणसभालाई पार्टी पिविएम कमरेड शारदा महतले गर्नु भएको थियो ।
तेस्रो कोणसभा इश्वरपुर नपाको खैराबजारमा भयो, जसलाई सम्बोधन पार्टी पिविएम कमरेड कृष्णदेव दनुवारले गर्नु भएको थियो ।
चौथो पोखरीया बजारमा भयो जसलाई सम्वोधन पिविएम कमरेड रामनारायण सिंहले गर्नु भयो ।
एक जनसभाअभियान टोलीले बयलबास बजारको चोकमा एक जनसभालाई सम्बोधन गरेको छ, जसमा पार्टी पिविएम शारदा महत, पिविएम कृष्णदेव सिहं दनुवार र पार्टी स्थायी समिति सदस्य तथा टोली प्रमुख रामसिंह श्रीसले सम्बोधन गर्नु भएको थियो
पाँचौ कोणसभा जो फुलजोर चोकमा सम्पन्न गरिएको थियो पार्टी सिसिएम इश्वर ढुंगेलले सम्बोधन गर्नु भएको थियो ।
सर्लाहीकै लालबन्दी बजारमा २ वटा ककोणसभा सम्पन्न गरिए, जसलाई एउटा चोकमा भएको कोणसभालाई पार्टी सिसिएम टेकबहादुर विकले र अर्को चोकमा गरिउको कोणसभालाई पार्टी पिविएम कृष्णदेव दनुवारले गर्नु भएको थियो ।
आठौ काृणसभा इश्वरपुर नपाको खाल्टे बजार इश्वरपुर मा भयो, जसलाई पार्टी पिविएम कृष्णदेव दनुवारले गर्नु भएको थियो ।
नवौ कोणसभा बयलबास बजारमा भयो, जसलाई पार्टी पिविएम कमरेड रामनारायण सिंहले गर्नु भएको थियो ।
माथि उल्लेखित सबै कोणसभाहरु र एउटा जनसाभाको संचालन एक ठाँउ बाहेक पार्टी जिल्ला सचिव कमरेड सन्ध्याप्रधानले गर्नु भएको थियो र एक ठाँउमा कमरेड टेकले गर्नु भएको थियो ।
कोणसभा सम्पन्न गरिएका सबै र ती बाहेक पनि अन्य ठाँउहरुमा पर्चा वितरण र भित्ते लेखन गरिएका थिए ।