मार्च ३० हैदरावाद । २०२५ मार्च ३० का दिन अखिल भारत नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत पर्ने मध्ये दक्षिण क्षेत्रिय समितिद्वारा संचालित उत्तर हैदरावाद नगर समिती को प्रथम भेला गोविन्द केसीको अध्यक्षतामा र केन्द्रीय समितिका अध्यक्ष आनन्द थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

अतिथिहरुमा अखिल भारत नेपाली एकता समाज केन्द्रीय समितिका अध्यक्ष आनन्द बहादुर सदस्य राम प्रसाद पौडेल, मनोहर पौ, अखिल भारत नेपाली एकता समाज महिला विभाग का सचिव कोपीला धिमाल, अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिका अध्यक्ष कृष्ण पौडेल, अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण महिला विभागका अध्यक्ष दिलमाया थापा हुनुहुनथ्यो ।

अतिथिको आसन ग्रहण पश्चात ज्ञात अज्ञात शहिदहरुको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । कार्यक्रममा उपस्थित जनसमुदायहरुलाई पदम कार्कीले शब्दद्वारा स्वागत गर्नुभएको थियो । भेलाको संचालन लोकेश सिंजालीले गर्नु भएको थियो । भेला सफलता को शुभकामना दिने प्रमुख अतिथि आनन्द थापाले आज हाम्रो देश नेपालमा सरकार सञ्चालन गर्ने राजनितिक दलहरुको गलत रवैयाका कारण शिक्षा, स्वास्थ्य, रोजगारी र नेपाली जनताको दैनिकी कष्टकर बन्दै गएको अवस्थामा भारत लगायत विश्वका विभिन्न मुलुकमा रोजगारीको सिलसिलामा जानै पर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताउनुभयो , जसको प्रमुख कारण अहिलेको दलाल प्रतिक्रियावादी राज्य व्यवस्था र त्यसको परिचालन गर्ने दलहरु नै भएको ठोकुवा गर्दै आज हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले देश र जनताका सबै समस्या समाधान गर्न जनगणतन्त्र हुदै वैज्ञानिक समाजवादको खाका तयार गर्ने उदेश्यले पाटीले ४५ दिने देशै भरी जनविस्तार अभियान (जनतासंग भेटघाट) कार्यक्रम गरि आम किसान मजदुरहरु उत्पीडित जाति जनजाति विधार्थी महिला कर्मचारीहरुका समस्या समाधानको लागि कार्यक्रम बनाएको जानाकारी गराउनु भयो ।
अखिल भारत नेपाली एकता समाज मध्य दक्षिण क्षेत्रिय समितिका अध्यक्ष कृष्ण पौडेलले आफ्नो अतिथिको आसनबाट अखिल भारत नेपाली एकता समाजको स्थापना १९७९ साल ७ नोभेम्बरका दिन सात सदस्यीय केन्द्रीय समिति बनेको र आज आएर संगठनको सहि निति सिद्धान्त र व्यवहारको कारण आज विश्व भरिका देशहरुमा अविभावकको भुमिका खेलेकोले सबै भारतस्थित नेपालीहरु अखिल भारत नेपाली एकता समाजको झण्डा मुनि गोलबन्द हुन आग्रह गर्नुभएको थियो । हामी जब ससंगठनमा आबद्ध हुन्छौ तब मात्र हामी माथि भइरहेको अन्याय अत्याचार शोषण दमनको विरुद्ध आवाज उठाउन सक्ने हुनेछौ भन्दै असंगठित नेपालीहरुलाई संगठित बनाएर टोल एरिया नगर क्षेत्र हुदै केन्द्र र नेपालको राजनीतिसंग सक्रिय रुपमा जोडिन सकिने कुरा राख्नु भयो ।
अतिथिको आशनवाट राम प्रसाद पौडेल, मनोहर पौडेल, कोपिला धिमाल र दिल माया थापाले भेला सफलताको शुभकामना दिनुभएको थियो ।
अखिल भारत नेपाली एकता समाज उत्तर हैदरावाद नगर समितीको प्यानल प्रस्तुत कृष्ण पौडेलले गर्नु भएको थियो । भेला ले १९ सदस्यीय उत्तर हैदरावाद नगर समिती गठन गरेको छ । जसमा पदाधिकारीहरु र सदस्यहरु निम्न छन् ः
१) अध्यक्ष – गोविन्द केसी
२) उपाअध्यक्ष – पदम कार्की
३) सचिव – लोकेश सिंजाली
४) सह सचिव – शोम बहादुर थापा
५) कोषाध्यक्ष – बिष्णु गाउँ मगर
६) सदस्य– टंक ठकुरी
७) सदस्य – मान बहादुर लामिछाने
८)सदस्य – राजेन्द्र धिमाल
९) सदस्य – दिलमाया थापा
१०)सदस्य– कुमार बुढा मगर
११) सदस्य – रामकृष्ण थापा
१२) सदस्य – सूर्य बहादुर रसाइली
१३) सदस्य – नारायण पौडेल
१४) सदस्य – सपना गाह मगर
१५ ) सदस्य – नानु गाह मगर
१६) सदस्य – सुस्मिता कार्की
१७) सदस्य – सुमित्रा लामिछाने
१८) सदस्य – छमान सिह वि क
१९) सदस्य – मान बहादुर नेपाली
उक्त कार्यकारी १९ सदस्य उत्तर हैदरावाद नगर समितीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनेहरुमा आनन्द थापा , कृष्ण पौडेल, राम प्रसाद पौडेल। मनोहर पौडेल, कोपिला धिमाल हुनुहुन्थ्यो ।
नवनीर्वाचित समग्र समितिको तर्फबाट अध्यक्ष गोविन्द केसीले अखिल भारत नेपाली एकता समाजको विधान, घोषणा पत्र र सँगठनको मार्गदर्शन सिद्धान्तलाई आत्मसात् गरि आम श्रमजिवी नेपालीहरुको हक र अधिकारको लागि काम गर्ने बाचा सहित सपथ लिनु भएको थियो ।
अन्त्यमा अध्यक्षद्वारा कार्यक्रम भव्य र सानदार रुपमा सफल भएको घोषणा गरि कार्यक्रमको समापन गर्नुभएको थियो ।






























