खोटाङको पुरानो सदरमुकाम खोटाङ बजारमा दुईवटा कोणसभा सम्पन्न (फोटोफिचर)

खोटाङको पुरानो सदरमुकाम खोटाङ बजारमा दुईवटा कोणसभा सम्पन्न (फोटोफिचर)

खोटाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जारी जनसम्बन्ध विस्तार अभियानको १७ औं दिन बुधबार १ नं अभियान टोलीले खोटाङको पुरानो सदरमुकाममा दुईवटा कोणसभा सम्पन्न गरेको छ ।

पार्टीका खोटाङ जिल्ला सदस्य प्रविण राईको सञ्चालनमा सम्पन्न पहिलो कोणसभालाई पार्टीका पीवीएम चन्द्रहरि सुवेदी अटल र खोटाङ जिल्ला सचिव झमप्रसाद आचार्यले सम्बोधन गर्नुभएको थियो ।

त्यसैगरी प्रविण राईकै सञ्चालनमा भएको अर्को कोणसभालाई क्रान्तिकारी मजदुर महासंघका केन्द्रीय संयोजक इश्वर तिमिल्सिना र विद्यार्थी नेता प्रभात भट्टराईले सम्बोधन गर्नुभएको थियो ।

खोटाङ बजारका विभिन्न स्थानमा अभियान टोलीले भित्तेलेखन, पर्चा वितरण र ¥याली समेत प्रदर्शन गरेको थियो ।