जितामित्र
चैत्र २० गते बाँके ।
राप्ती सोनारी गाँउपालिका–८ शमशेर गंज ( जिरो बजार)मा कोणसभा सम्पन्न भएको छ । कोणसभालाई विद्यार्थी नेता दिपक बिष्टले सम्बोधन गर्नु भएको थियो । हामीले राजतन्त्रको पिडालाई भोगेर आएको छौ । २४० वर्षसम्म नेपाली जनताले उत्पीडन भन्दा अरु केही पाउन न सकेकाले यो नेपाली जनताको विकल्प हुनसक्दैन भन्नु भयो । विकल्प यथास्थितिवादी पनि होईन । अबको विकल्प अग्रगामी कार्यदिशा हो भन्नु भयो । कार्यक्रमको सञ्चालन अखिल नेपाल राष्ट्रय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का बाँके जिल्ला संयोजक प्रकाश बि क ले गर्नु भएको थियो ।

राप्ती सोनारी गाँउपालिका–९ को ढकेरी बजारमा अभियान टोलीले ब्यापक पर्चा वितरण गरेको थियो । कोहलपुर नगरपालिका–१२ को चपरगौडी बजारमा पनि ब्यापक पर्चा वितरण गरियो ।
त्यसैगरी कोहलपुर नगरपालिकाको कोहलपुर बजारको न्यूरोड चोकमा कोणसभा सम्पन्न भयो । कोणसभाको सञ्चालन बाँके जिल्ला सचिव कमरेड गुणनिधि आचार्यले गर्नु भएको थियो भने सम्बोधन अभियान टोली सदस्य तथा पिबिएम कमरेड सिपि शर्माले गर्नु भएको थियो ।
सम्वोधनका त्रलममा उहाँले ’अहिले देशमा तिनवटा शक्ति अस्तित्वमा देखिएका छन् । यथास्थितिवादी शक्ति (संसदवादी दलहरु), प्रतिगमनकारी शक्ति (राजावादीहरु) र अग्रगामी शक्ति । यीमध्ये अग्रगामी शक्तिले मात्र नेपालमा रहेको सबै समस्याहरुको समाधान गर्न सक्दछ । यसको नेतृत्व हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले मात्र गर्नु सक्छ । राजनैतिक चरित्रको हिसावले पनि हाम्रो पार्टी अरु पार्टी भन्दा उच्च प्रकारको छ । अनुशासित, उच्च क्रान्तिकारी भावनाले ओतप्रोत भएको पार्टीले मात्र क्रान्तिकारी कार्यभारलाई पुरा गर्न सक्दछ’ भन्नुभयो । देशमा युवाहरुको बारेमा बोल्दै उहाँले भन्नु भयो, ’नेपाल मात्र यस्तो देश हो जसले संस्थागत रुपमा युवाहरूलाई विदेश पलायन गराउद छ । युवा श्रमशक्तिलाई स्वदेश भित्र परिचालन गरेर युवा स्वरोजगार बनाउने योजना सरकार र सरकार सञ्चालक संग छैन’ भन्दै जोड दिनु भयो ’यो व्यवस्था जनताको अवस्था सुधार गर्ने पक्षमा नै छैन’ भन्नु भयो ।

कोहलपुर नगरपालिका–३ को मदनपुरमा कमरेड मुक्त बहादुर थापाको घरमा खाना भयो । खाना खानु भन्दा अगाडि कमरेड मुक्त बहादुर थापाको ७६ औं जन्मदिनको अवसरमा घर परिवारले आयोजना गरेको कार्यक्रममा अभियान टोली सहभागि भयो । अभियान टोलीको तर्फबाट अभियान टोली प्रमुख कृष्णराज पौडलले मुक्त बहादुर थापाको जन्म दिनको शुभकामना दिनुभएको थियो । र सम्पुर्ण अभियान टोली तथा पार्टीका कमरेडहरुले अविर माल्यार्पण गरेर उहाँलाई जन्मदिनको शुभकामना दिने काम भएको थियो ।
अर्को कोणसभा कोहलपुर नगरपालिका–३ को मदनचोकमा सम्पन्न भएको छ । उक्त कोणसभामा वैकल्पिक पिबिएम तथा अभियान टोली सदस्य कमरेड जितामित्र सुनारले सम्वोधन गर्नु भएको थियो । सम्वोधन गर्दै उहाँले नेपाल धर्मनिरपेक्ष राष्ट्र हो । धर्मनिरपेक्षता हाम्रो उपलब्धि पनि हो । धर्मनिरपेक्ष राष्ट्रमा सबै धर्मलाई राज्यबाट समान व्यवहार गरिनुपर्छ । कुनैएकल धर्म लाध्ने तरिका अति धार्मिक सोच हो । यस्ले एकल धर्मको नाममा धर्म युद्ध सञ्चालन हुन सक्ने बताउनु भयो ।

अर्का वक्ता पार्टीका जिल्ला सदस्य मुक्त बहादुर थापाले पनि मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन कैलाली जिल्ला सचिव कमरेड गुणनिधि आचार्यले गर्नु भएको थियो । वजारमा ब्यापक प्रचार वितरण गरिएको थियो । अभियान टोली बाँकेको कार्यक्रम सकेर सुर्खेत पुगेको छ । सुर्खेतमा ४ नम्बर अभियान टोली प्रमुख तथा स्थाई समिति सदस्य कमरेड हेमन्त प्रकाश ओली सुदर्शनले खाँदा र अविर माल्यार्पण गरेर स्वागत गर्नुभएको थियो। सुर्खेतमा ३ नम्बर अभियान टोली र ४ नम्बर अभियान टोलीको संयुक्त बसाइ हुनेछ ।































