क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सीमाक्षेत्रको वडामा जनसम्बन्ध विस्तार अभियान संचालन

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा सीमाक्षेत्रको वडामा जनसम्बन्ध विस्तार अभियान संचालन

क्रान्तिकारी युवा संघ र क्रान्तिकारी महिला संगठनको वडा समिती गठन

नवलपरासी:क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपाल प्रतापपुर नगर संगठन समितिले जनसम्बन्ध विस्तार अभियानको कार्यक्रम सीमावर्ती क्षेत्रमा संचालन गरेको छ । नेपाल भारत सीमा जोडिएको प्रतापपुर-५ को बसहियामा मंगलवार क्रान्तिकारी युवा संघ र क्रान्तिकारी महिला संगठनको वडा समिती विस्तार गरेर अभियान संचालन गरिएको हो । जनसम्बन्ध विस्तार अभियानलाई सफल बनाउने उद्देश्यले जिल्लाको सबै पालिकामा कार्यक्रम गर्ने क्रममा सीमा क्षेत्रका वडा एवं बस्तीका जनतामा सचेतना फैलाउदै पर्चा बितरण, कोण सभा, पिढिसभा, चोक सभा, जन संगठनको भेला कार्यक्रम गरिएको पार्टीले जनाएको छ । सो क्रममा प्रतापपुर-५ मा बिनोद कुमार सिंहको नेतृत्वमा ११ सदस्यीय क्रान्तिकारी युवा संघ र अनरावती पासीको नेतृत्वमा ९ सदस्यीय क्रान्तिकारी महिला संगठनको वडा समिति गठन गरिएको छ । सो अवसरमा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेयले नेका एमाले माके लगायत संसदवादीहरुको कारण राजावादीहरु सल्बलाएको बताउनु भयो । उहाँले इतिहासको बाटो पछाडि होइन नयाँ जनवादी क्रान्ति हुँदै बैज्ञानिक समाजवादी बाटोमा जाने उल्लेख गर्नुभयो ।
सो अवसरमा पार्टीको जिल्ला कार्यालय सदस्य दुर्गा नारायण चौधरीले संगठनको आवश्यकता बारे प्रकाश पार्नुभयो । कार्यक्रम क्रान्तिकारी युवा संघको पालिका संयोजक दिनेश पासीको अध्यक्षता मेखनारायण चौधरीको संचालनमा भएको थियोे । कार्यक्रममा क्रान्तिकारी युवा संघको जिल्ला संयोजक रामप्रसाद अर्गेजा,मदन पोखरेललगायत सहभागी हुनुहुन्थ्यो ।