काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १ नं. केन्द्रीय अभियान टोलीले खोटाङको हलेसी तुवाचुङ नपा–७ मा कोणसभा सम्पन्न गरेको छ । कोणसभालाई पार्टीका पीवीएम चन्द्रहरि सुवेदी अटल र महिला नेतृ शारदा महतले सम्बोधन गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन पार्टीका खोटाङ जिल्ला सचिव झमप्रसाद आचार्यले गर्नुभएको थियो ।
कार्यक्रमपूर्व पार्टीका १४ नं ब्यूरो इन्चार्ज घनश्याम श्रेष्ठ पुस्करले केन्द्रीय अभियान टोलीलाई अबीर र पुष्पगुच्छाले ब्यूरोमा स्वागत गर्नुभएको थियो ।