चैत १६ गते सिन्धुली जिल्ला कमलामाई नगरपालिकाको धुराबजार एक नंवर र दुई नंवर बजारमा पर्चा बितरण गरी सनिवारे हाटमा कोणसभा सम्पन्न भएको छ । उक्त कोणसभालाई जिल्ला इन्चार्ज सेक्रेटरी जीवनले सम्बोधन गर्दै कमरेड किरणको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओदिवादी),कमरेड सन्त बहादुर नेपालीको नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (मशाल) र कमरेड हेमन्त प्रकाश ओलीको नेतृत्वको नेपाल कम्युनिस्ट पाटी(बहुमत) एकिकरण भै बनेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गत २०८१साल मंशिर १३देखि २३सम्म ऐतिहासिक राष्ट्रिय एकता महाधिवेशन सम्पन्न गरी मार्कसवाद–लेनिनवाद–माओवादलाई पार्टीको पथप्रदर्शक सिद्धान्तको आलोकमा जनसंघर्ष, जनप्रतिरोध संघर्ष र सशस्त्र आम जनविद्रोहद्वारा नेपालमा आत्मनिर्णयको अधिकार र पहिचान सहितको संघीय जनगणतन्त्र अर्थात नयाँजनवादी क्रान्तिको खुड्किलो पार गरी वैज्ञानिक समाजवाद निर्माणको कार्यदिशा पारित गर्दै उक्त उद्देश्य र लक्ष्य पुरा गराउन जनसमुदायमा हार्दिक जन सम्बन्ध बिस्तार गर्न यो कार्यक्रम सञ्चालन गरिएको, नेपाल र नेपालीलाई मुक्त गराउन नयाँ जनवादी क्रान्तिले मात्र सम्भव छ र अहिले प्रतिगामी राजतन्त्र र दलाल पुँजिवादी संसदीय ब्यवस्था होइन संघीय जनगणतन्त्र नेपाल निर्माण कार्य सम्पन्न गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल यही उद्देश्य र लक्ष्य लिएर तपाईँको घरदैलोसम्म आएको छ, उक्त कार्यक्रमको लागि संपूर्ण नेपाली एक भै अगि बढ्न आह्वान गर्नु भयो ।