वर्दिया। चैत्र १५ गते विहान खाना पछि अभियान टोली गुलरिया नगरपालि–१ को १४ नम्बर गुलरिया बजार प्रस्थान गरेको थियो । गुलरिया बजारको निर्माण व्यवसायी संघको हलमा ‘मिटर ब्याज, सहकारी, वित्तीय संस्था तथा बैंक पीडितको न्यायको प्रश्न‘ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएको थियो । जसको आयोजना क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति वर्दियाले गरेको थियो ।
पार्टीका स्थायी समिति सदस्य तथा तीन नम्बर अभियान टोली प्रमुख कमरेड कृष्णराज पोखरेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा तीन नम्बर ब्युरो इन्चार्ज कमरेड लालबहादुर जाग्रीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा पोलिटब्युरो सदस्यहरू सीपी शर्मा, नारायण योगी, अम्बिका मुडभरी, शेरबहादुर देउबा, पार्टीका केन्द्रीय सदस्य कमलराज रोकाया, मिटर ब्याजी सहकारी वित्तीय संस्था तथा बैंक पीडितको संघर्ष समितिका जिल्ला सचिव अब्दुल शाह, संघर्ष समिति केन्द्रीय सचिवालय सदस्य आशा सन्जेल, लघुवित्तीय तथा वित्तीय शोषण विरुद्ध संघर्ष समितिका राष्ट्रिय स्वयंसेवक बाँकेका जिल्ला अध्यक्ष चिन्कु पासी र वर्दिया जिल्ला अदालत बार इकाईका जिल्ला उपाध्यक्ष गोपाल पोख्रेलको आतिथ्यता रहेको थियो ।
अन्तरक्रिया कार्यक्रममा पीडित पक्षको तर्फबाट लक्ष्मी मगर, बिरमा जैसी, सलिना खत्री, गीता मिश्री, सोनिया थारु, भीम थारु, श्रवण कुमार, राममरत रैदास र श्रीराज मनियारले आ—आफ्ना भनाईहरु राख्नुभएको थियो ।
प्रमुख अतिथि कृष्णराज पोखरेलले जनसम्बन्ध विस्तार अभियानको बारेमा र मिटर ब्याजी सहकारी वित्तीय संस्था तथा विषयमा पार्टीको तर्फबाट धारणा राख्नुभएको थियो । पार्टी पोलिटब्युरो सदस्य सीपी शर्माले मन्तब्य राख्नुभएको थियो । अन्तरक्रियामा उठेका टिप्पणी तथा प्रश्न र विचारहरूको बारेमा कार्यपत्र प्रस्तुता कामरेड लालबहादुर जाग्रीले प्रष्ट पार्नुभएको थियो ।
नेपाल वार एसोसियशनको जिल्ला कोषाध्यक्ष गोपाल पोख्रेल, महिला लघुवित्तका गुलरिया शाखा प्रमुख आयुषा न्यौपाने, संघर्ष समिति वर्दिया जिल्ला सचिव अब्दुल शाह, जिल्ला संघर्ष समिति अध्यक्ष राजु सोनियार पनि बोल्नु भएको थियो । कार्यक्रमको अध्यक्षता बर्दिया जिल्लाका कार्यवाहक सचिव विनय राना, स्वागत मन्तव्य पार्टीका जिल्ला सदस्य लक्ष्मण बास्तोला र सञ्चालन वर्दिया जिल्ला ईन्चार्ज दिलबहादुर कठायत भूकम्पले गर्नुभएको थियो ।
अन्तरक्रिया कार्यक्रमको समापनपछि अभियान टोली तथा उक्त कार्यक्रममा सहभागी सब जनाको उपस्थितिमा निर्माण व्यावसायिक संघको हल गुलरिया बजारदेखि नारा जुलुस सहित गुलरिया बजारको मेन चोकमा कोणसभामा परिणत भएको थियो ।
उक्त कोणसभालाई अभियान टोली सदस्य तथा पार्टीको एक नम्बर ब्युरो इन्चार्ज कमरेड शेरबहादुर देउबा र केन्द्रीय सदस्य कमरेड कमलराज रोकाया विपिनले सम्बोधन गर्नुभएको थियो । कोणसभामा अभियान टोली सदस्य तथा थारु जनगायक नारायण योगीले उठ्नुपर्ने भयो जुट्नुपर्ने भयो भन्ने बोलको गीत प्रस्तुत गर्नुभएको थियो । कोणसभालाई सञ्चालन जितामित्र सुनारले गर्नुभएको थियो ।
बर्दिया नगरपालिका वार्ड नं –६ को जयनगर बजारमा अभियान टोलीले पार्टीको पर्चा बितरण गरेको थियो । त्यसपछि बासगढी नगरपालिका वार्ड नं– ९ थुमनी गाँउमा अभियान टोली बास बसेको थियो ।