बल्लभगढ ,हेवल हेम्ला र एनआइटी एरिया समितिको संयुक्त सम्मेलन सम्पन्न

बल्लभगढ ,हेवल हेम्ला र एनआइटी एरिया समितिको संयुक्त सम्मेलन सम्पन्न

 

फरिदावाद भारत । अखिल भारत नेपाली एकता समाज फरिदावाद नगर समितिको मातहतमा पर्ने वल्ल्भगढ, हेवल हेम्ला र एनआइटी एरिया समितिको संयुक्त एरिया सम्मेलन २३ मार्च २०२५ का दिन वंगाल सुटिङ कमिडी हलमा घोषणा सभा सम्पन्न भएको छ । तीनवटै एरियाको छुट्टा छुट्टै समयमा सम्मेलन उद्घाटन र बन्दसत्र सम्पन्न भएपछि संयुक्त घोषणा सभा राखिएको हो ।
संयुक्त घोषणा सभा कार्यक्रमको अध्यक्षता किसन पुन ,सञ्चालन मधु भुषालले गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि पूर्व महासचिव कृष्ण केसी हुनुहुन्थ्यो । अतिथिहरुमा केन्द्रीय सचिव नारायण शर्मा ,सदस्यहरु विनिमाधव पौडेल ,थमन थापा,कोष प्रसाद पौडेल, सीमा क्षेत्री ,बाबुराम बस्नेत क्षेत्रीय सदस्य केवल बुढा,विरु चन्द, महिला विभागबाट रमा न्यौपाने, भूमिसरा बुढा, सुमित्रादेवी ,लालुमाया थापा ,करिना थापा, कुमारी थापा , महिला नगर विभागबाट कमला भूषाल ,अभानेविसंका गोमा बुढाको आतिथ्यता रहेको थियो ।
ज्ञात अज्ञात शहिदहरु प्रति १ मिनेट मौन धारण पश्चात उपस्थित जनसमुहलाई विरु चन्द्रले स्वागत गर्नु भएको थियो । आमन्त्रित नेपाली एकता समाज भारतका अध्यक्ष भक्तबहादुर पुनको पनि आतिथ्यता रहेको थियो । नव निर्वाचित समितिका अध्यक्षहरुले सपथलिइसकेपछि क्रमशः वक्ताहरुले बोल्नु भएको थियो ।
भारतमा रहेका नेपालीहरुको हक हित रसंरक्षण गर्ने अविभावकीय संगठन अखिल भारत नेपाली उकता समाज भन्दा अरु कोही हुन नसक्ने ठोकुवा सहित अन्य गहकिला विचार प्रमुख अतिथिले राख्नु भएको थियो ।
तीन वटा एरिया समितिको प्यानल केन्द्रीय सदस्य तथा नगर सचिव थमन थापाले प्रस्तुत गर्नु भएको थियो । सचिव नारायण शर्माले योसमाजलाई बचाउन जनताको साथ र सहयोग धेरै मिलेकाले जति टुटफुट भएपनि हाम्रो संगठनलाई कमजोर बनाउन सक्ने छैनन अझै झाँगिदै जाने छ र जनताको समस्या बुझ्न रात दिन कार्यकतँ खटिरहेका छौं भन्नु भयो । अर्कावक्ता सीमा क्षेत्रीले १९८६ को झुठा मुद्दाबारे र वर्तमान भारतमा नेपाली कामदारहरुको समस्याबारे प्रष्ट पार्नु भएको थियो । यस्तै गहकिला विचारहरु विनिमाधव पौडेल , बाबुराम बस्नेत, करिना थापा ,दीपा विसी कोषप्रसाद पौडेल ,भक्त पुन लगायतले आ–आप्नो धारणासहित नवनिर्वाचित समितिलाई बधाइ दिनुभएको थियो । कार्यक्रमको बीचबीचमा कलाकारहरुले गीत र नृत्य प्रश्तुत गर्नु भएको थियो। कार्यक्रम भव्य तथा सभ्य रुपमा सम्पन्न भएको थियो ।

 

बल्लवगढ एरिया सम्मेलन
वल्लवगढ एरियाको सम्मेलन २०२५ ,१६ मार्चमा अयोध्या चालिसेको अध्यक्षता ,सञ्चालन आरवी पुन ,खड्क बहादुर रानाको स्वागतमा सम्पन्न भयो ।सम्मेलनको उद्घाटन प्रमुख अतिथि नारायण शर्माले गर्नुभएको थियो । जसमा अतिथिहरु नगर अध्यक्ष विनी माधव पौडेल ,नगर सचिव थमन थापा रहनु भएको थियो ।बन्दसत्र कार्यक्रमको व्यापक छलफलबाट निम्न समिति निर्माण गरिएको छ ।
अध्यक्ष – अयोध्या चालिसे
उपाध्यक्ष –खड्क बहादुर राना
सचिव –आर बी पुन मगर
सह सचिव –भीम चन्द
कोषाध्यक्ष– कल्पना चालिसे
पूर्ण सदस्यहरु
लालसिंहओली
देवेन्द्र राना मगर
शान्ति
अविनास
विष्णु बहादुर
माया थापा
वैकल्पिक सदस्यहरु
विशाल
गोपाल थापा
विक्रम
एक स्थान रिक्त
हेवलहेम्ला एरिया सम्मेलन
हेवलहेम्ला एरिया सम्मेलन २०२५ मार्च २२मा अध्यक्षता किसन पुन, सञ्चालन केवल बुढा र स्वागत विरु चन्दले गर्नु भएको थियो। कार्यक्रममा अतिथिहरु मधु भूषाल नरायण शर्मा, विनीमाधव पौडेल शंकर न्यौपाने रमा न्यौपानेको आथिथ्यता रहेको थियो । सम्मेलनको उदघाट केन्द्रयि सचिव नाराण्यण शर्माले गर्नु भएको थियो। बन्द सत्र कार्यक्रमले छलफल गरी नयाँ समिति चयन गरेको छ ।जसको विवरण यस प्रकार छ ।
अध्यक्ष– विरु चन्द
उपाध्यक्ष– किसन पुन
सचिव – केवल बुढाथोकी
सहसचिव – नविन खनाल
कोषाध्यक्ष–गीतादेवी पौडेल
पूर्ण सदस्यहरु
भविन्द्र थापा
थमन बस्नेत
प्रेम रामजाली
भूमिसरा बुढा
हरिबहादु वि।क।
कमला भूषाल
वैकल्पिक सदस्यहरु
राजु पौडेल
देवी पौडेल
सल्लाहकारहरु–
सुन्तलीवि।क।
सुस्मिता खनाल
शकुन्तला भूषाल
केशव भूषाल रहनु भएको छ ।
एनआइटी एरिया सम्मेलन
एनआइटि एरिया सम्मेलनको २०२५ मार्च २०मा अध्यक्षता थुमबहादुर घर्तीमगर संचालन अर्जुन न्यौपाने,स्वागत दीपा विसीले गर्नु भएको थियो । केन्द्रीय सचिव नारायण शर्मा र नगर अध्यक्ष विनिमाधवको कार्यक्रममा आतिथयता रहेको थियो ।सम्मेलनले १४ सदस्सीय समिति गठन गरेको छ । जसमा
अध्यक्ष – थुम घर्तीमगर
उपाध्यक्ष – भरत विष्ट
सचिव –अर्जुन न्यौपाने
सहसचिव– दीपा विसी
कोषाध्यक्ष – शंकर न्यौपाने
पूर्ण सदस्यहरु
कुमारी थापा मगर
दीपक विष्ट
अजय न्यौपाने
कलादेवी विष्ट
रमा न्यौपाने
ज्योति विष्ट
वैकल्पिक सदस्यहरु
तिलक परियार
गगन विसी
कल्पना सारु