चैत्र १२ गते जनसम्बन्ध विस्तार अभियानका केन्द्रीय टोलीहरुव्दारा सम्पन्न गरिएका कार्यक्रमहरु

चैत्र १२ गते जनसम्बन्ध विस्तार अभियानका केन्द्रीय टोलीहरुव्दारा सम्पन्न गरिएका कार्यक्रमहरु

 

चैत्र – १२, काठमाडौ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जनसम्बन्ध विस्तार अभियानका निम्ति केन्द्रबाट गठन गरेको ४ वटै टोलीले जनताका बीचमा प्रचार प्रसार, ,सदस्यता वितरण ,जनभेटघाट, वालपेन्टिङ ,सभा,जुलुस लगायतका कार्यक्रम सम्पन्न गर्दै निरन्तर अगाडि बढिरहेका छन ।
टोली नम्बर १ ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये नेपाल– भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यो टोली पाँचथर,तेह्रथुम हुँदै धनकुटाको सदरमुकाममा हिजो कार्यक्रम सम्पन्न गरेर आज धनकुटाको पश्चिम छिन्ताङ र आँखीसल्ला लगायतका गाउँमा कार्यक्रम गरेको छ । टोलीले बिहानमा धनकुटामा वाल पेटिङ गरेर छिन्ताङ पुगेको हो । २०३६ सालमा तत्कालीन पञ्चायती प्रशासनले छिन्ताङ गाउँ घेरा हालेर १६ जना छिन्ताङबासीहरुलाई हत्या गरेको थियो । जनयुद्ध कालमा यस गाउँबाट चार जना शहिद भएका थिए । अभियान टोलीले शहिद परिवारसित भेटघाट गरेको छ । आँखीसल्ला ,छिन्ताङमा प्रचार प्रसार गरेर अभियान टोली हिले बजार आइ जुलुश प्रदर्शन सहित कोण सभा सम्पन्न गरेको छ । कोणसभालाई व्यूरो सचिव डिल्लीबोहोराले सम्बोधन गर्नु भएको थियो । धनकुटा जिल्ला सदस्य मातृका राइले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

नम्बर २ ः
यो टोली भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यसले चैत्र १२ गते विहानमा सुनसरी जिल्लाको बुढा सुब्बा डांडाँमा कोण सभा सम्पन्न गरेको छ । अभियान टोलीले चिनियाँ चोकमा कोण सभा गरे पछि दिउँसो धरान नगरपालिकाको भानु चोकमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न गरेको छ । अभियानको नवौं दिन अर्थात चैत्र १२ गते धरानको १४ वडाको पिण्डेश्वर चोकमा कोणसभा गरेको छ। कोणसभाको संचालन रविकिरण पार्टीको जिल्ला सचिवालय सदस्यले गर्नुभएको हो । अभियानबारे किसान नेता क्षेत्रबहादुर थापा र दलित नेत्री शोभा सेन्चुरीले आफ्नो महत्त्वपूर्ण बिषय राख्नुभयो । त्यसपश्चात टोलीले सहिद दिपबहादुर बनको परिवारसँग भेटघाट गरेको छ। उहाँको श्रीमती कालीदेबी बन लगायत सम्पुर्ण परिवारलाई भेट गरेको छ । २०५८ पौष ९ गते सोलुमा सहिद हुनुभएको दिपबहादुर बन । उहाँको सपना पूरा गर्न हाम्रो पार्टी लागिरहेको कुरा पार्टीको स्थायी कमिटी सदस्य कमरेड प्रतिकले राख्नुभयो । टोलीले धरान वडा नम्बर ३ को चीनिया चोकमा कोणसभा गरेको छ , कोणसभाको संचालन पार्टीको जिल्ला कमिटी सदस्य एवम् मजदुरका जिल्ला अध्यक्ष गोपि भण्डारीले गर्नुभएको हो । अभियानबारे मजदुर नेता तथा पार्टी केन्द्रिय सदस्य रंगवीर दोङले महत्त्वपूर्ण विषय राख्नुभयो । सुनसरी जिल्ला धरानको भानु चोकमा संघीय जनगणतन्त्र र बैज्ञानिक समाजबाद बिषयक खुल्ला अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रमको अध्यक्षता धरान नगरपालिकाले सचीव बिबि राईले गर्नुभएको हो । अतिथिहरु पार्टीको स्थायी कमिटी सदस्य एवम् अभियान टोलीका सम्पुर्ण सदस्यहरु, माओवादीका उद्दब लिम्बू , सहिद परिवारका सदस्यहरु, किरता राई लक्मी राई, जसपा नेपालका नगर अध्यक्ष ताजुप लिम्बू , नमिता राई, स्वागत मन्तव्य धरान नगरका सह सचिव दिपबहादुर खड्काले राख्नुभएको हो । विभिन्न पार्टीको प्रतिनिधिहरु एवम् अतिथिहरुले जनसम्बन्ध अभियान कार्य राम्रो भएको र यो जनसम्बन्ध कार्यक्रम सफलताको कामना समेत गर्नुभएको थियोे । उहाँहरुको प्रश्नहरुको टिपोट गरी अभियानका सदस्य कृष्ण देव सिंह दनुवार एवम् प्रमुख वक्ता हरिभक्त कडेलले राख्नुभएको छ भने सास्कृतिक प्रस्तुति नारायण शर्माले राख्नुभएको हो ।

टोली नम्बर ३ः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित यो ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र १२ गते बिहान लम्कीचुहा नगरपालिका ६ , चैनपुरमा स्थानीय बासिन्दाको बिचमा अभियान टोलीले छलफल अन्तरक्रिया कार्यक्रम गर्यो। अभियान टोली प्रमुख तथा पार्टीका स्थाई समिति सदस्य कृष्णराज पौडेलले समसामयिक तात्कालिक राजनीतिक विषयमा र किसानहरुको हक अधिकारका बिषयमा बोल्नु भएको थियो। कार्यक्रम अभियान टोली सदस्य तथा संयोजक अम्बिका मुडभरी ( अञ्जना ) ले पनि महिला आन्दोलन र अधिकारको बिषयमा बोल्नु भयो। अभियान टोली सदस्य नारायण योगीले सिमली छायाँमा बसी भन्ने गीत गाउनु भएको थियो। कार्यक्रमको सहजीकरण शेरबहादुर देउवाले गर्नु भएको थियो। ।