ललितपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ न ब्यूरो अन्तरगत संचालित टोली न २ को जनसम्बन्ध विस्तार अभियान चैत्र ११गतेका दिन पाट्न औद्योगिक क्षेत्रमा पर्चा वितरण र जनभेटघाट गर्ने काम गरिएको जानकारी प्राप्त भएको छ । त्यसक्रममा अभियानको बारेमा छलफल, देशको वर्तमान अवस्थाबारे र जनगणतन्त्र स्थापनाका लागि अबको गन्तव्य बारे टोलीप्रमुख र सदस्यहरुले आ—आफना धारणाहरु राखेका थिए ।






























