धादिङवेशीमा ८ न.ं व्यूरोको जनसम्बन्ध विस्तार अभियानको टोली

धादिङवेशीमा ८ न.ं व्यूरोको जनसम्बन्ध विस्तार अभियानको टोली

चैत्र ११ , धादिङ । जनसम्बन्ध विस्तार अभियानको ८ न.ं व्यूरोको टोली आज धादिङ वेशी पुगेको छ । चैत्र ४ गते धादिङको गल्छीबाट उद्घाटन गरी प्रचार प्रसार र जनभेटघाटमा हिँडेको यस टोलीले धादिङका तेह्रवटा पालिका मध्ये १२ वटा पालिकामा जाने कार्यक्रम बनाएको छ ।


चैत्र १२ गते धादिङ वेशीमा अभियान टोलीले कार्यक्रम सम्पन्न गर्नेछ र चैत्र १३ गते अभियान टोली नुवाकोट प्रवेश गर्नेछ । । अभियानको नेतृत्व व्यूरो इञ्चार्ज भिम चापागाइँले गर्नु भएको छ ।


अभियान टोलीमा व्यूरो इञ्चार्ज भिम चापागाइँ ,व्यूरो सचिव सरोज पौडेल, धादिङ जिल्ला सचिव अमृत अधिकारी,नुवाकोट जिल्ला सचिव अर्जुनलाल श्रेष्ठ,रसुवा जिल्ला सचिव बद्रि चापागाई,अखिल ( क्रान्तिकारी) का केन्द्रीय सदस्य दिनेश जोशी,क्रान्तिकारी किसान महासंघ नेपालका बाबुराम लोचन,पार्टीका नुवाकोट जिल्ला सदस्य सुदर्शन भण्डारी,पार्टीका धादिङ जिल्ला सदस्य ईश्वर श्रेष्ठ,विद्यार्थी सुरज गुरुङ,मजदुर योगेन्द्र कार्की सहित ११ जनाको टोली नियमित अभियानमा खटिरहेको छ ।


टोलीले जनताकोबीचमा श्रम शिविर , सभा ,कोणसभा ,पर्चा वितरण , जनभेटघाट ,भित्तेलेखन लगायतका कार्यक्रमहरु सम्पन्न गरिरहेको छ ।