चैत्र ११ ,काभ्रे । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका १० नं व्यूरो सचिव सोनाम सिङ लामालाई अस्वस्थ भई अस्पताल भर्ना गरिएको छ । वहाँलाई काभ्रेको वनेपास्थित कृष्ण प्रसाद अस्पतालमा आज भर्ना गरिएको हो । अस्पतालको प्रारम्भिक रिपोर्टबाट वहाँलाई डेङ्गू लागेको थाहा भएको छ । वहाँ एक हप्तादेखि अस्वस्थ हुनुहुन्थ्यो । जनसम्बन्ध विस्तार अभियानका अभियानकर्मीहरु अहिले वहाँको उपचार कार्यमा लाग्नु परेको हुँदा अभियान टोली आज काभ्रेको महाभारत गाउँपालिका तर्फ जाने पूर्व निर्धारित कार्यक्रम स्थगित गरिएको पार्टीका काभ्रे जिल्ला सचिव ढोगप्रसाद अधिकारीले जानकारी गराउनु भयो । कार्यक्रम आज स्थगित गरिएको भएपनि अभियान टोली भोली १२ गते महाभारत तर्फ प्रस्थान गर्नेछ ।






























