केन्द्रीय अभियान टोली नं. १ द्वारा धनकुटाको मदन चोकमा कोणसभा सम्पन्न

केन्द्रीय अभियान टोली नं. १ द्वारा धनकुटाको मदन चोकमा कोणसभा सम्पन्न

धनकुटा । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जारी जनसम्बन्ध विस्तार अभियान अन्तर्गत १ नं. केन्द्रीय अभियान टोलीले आज धनकुटाको मदनचोकमा कोणसभा सम्पन्न गरेको छ । कोणसभाको आयोजना गर्नुपूर्व अभियान टोलीले नारा जुलुससहित धनकुटा नगरपालिका बजार परिक्रमा गरेको थियो । पर्चा वितरण र वालपेन्टिङ समेत गरेको थियो ।

आज सम्पन्न कोणसभालाई अभियान टोलीका प्रमुख समेत रहनु भएका क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य रामसिंह श्रीसले सम्बोधन गर्नुभएको थियो । त्यसैगरी कोणसभालाई महिला नेतृ तथा पार्टीकी पोलिटब्यूरो सदस्य शारदा महत र बालकृष्ण सुवेदीले समेत सम्बोधन गर्नुभएको थियो ।

कोणसभाको सञ्चालन पार्टीका धनकुटा सेक्रेटरी गोपाल विकले गर्नुभएको थियो ।