काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १ नंं अभियान टोलीले आज तेह«थुमको म्याङ्लुङ बजारमा जनसभा सम्पन्न गरेको छ । जनसम्बन्ध विस्तार अभियानको पाँचौ दिन अभियान टोलीले जनसभा सम्पन्न गरेको हो । सभामा पार्टीका स्थायी समिति सदस्य तथा अभियान टोलीका प्रमुख नेतृत्व रामसिंह रामसिंह श्रीषले दलाल पुँजीपति वर्गको हातमा रहेको सत्तालाई श्रमिक जनताको हातमा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरेको बताउनु भयो । उहाँले नेपालमा पटक पटक आन्दोलन, संघर्ष, युद्ध भएपनि नेतृत्वको धोका र गद्दारीका कारण जनताले चाहेको राजनीतिक व्यवस्था अहिलेसम्म आउन नसकेको भन्नु भयो । सभालाई पार्टीका पोलिटब्यूरो सदस्य चन्द्रहरि सुवेदी र महिला नेतृ शारदा महतले पनि सम्बोधन गर्नु भएको थियो । पार्टीका तेह«थुम जिल्ला इन्चार्जको अध्यक्षतामा सम्पन्न भएको जनसभाको सञ्चालन डिल्लीराम बोहराले गर्नु भएको थियो ।
































