डडेल्धुरा।क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्वन्ध विस्तार अभियानको पाचौँ दिन (चैत्र ८ गते) डडेल्धुराको सदरमुकाम वागवजारमा कोणसभा सम्पन्न भएको छ ।
कोणसभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा टोली न. ४ का नेता हेमन्त प्रकाश ओलीले सम्वोधन गर्दै पार्टीले ४५ दिने अभियान ५६ जिल्लामा सञ्चालन हुने छ । देशका चार स्थान पाँचथरको चियाभन्ज्यङ झापाको काकरभित्ता कञ्चनपुरको गड्डाचौकी वैतडीको झुलाघाट वाट शुरु गरेर मे दिवसको सन्दर्भमा वैशाख १८ गते काठमाण्डौमा विशाल सभा गरिने वताउनु भयो ।
कोणसभालाई पिविएम लालवहादुर जाग्री, केवि गुरुङ, धनेश्वर पोखरेलले पनि सम्वोधन गर्नुर्भको थियो । कोणसभाको सञ्चालन सिसिएम हरि सुवेदीले गर्नुभएको अभियानका सदस्य दिनेश थापाले विम्व अनलाईनलाई वताउनु भएको छ ।
डडेल्धुरा जिल्लाको सदरमुकामको तुफानडाडामा रहेको क्लासिक होटलको हलमा ८ गते विहान क्रान्तिकारी कम्युनिस्ट पार्टी डडेल्धुरा जिल्ला कमिटीको आयोजनामा पत्रकारहरु सँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा पिविएम लालवहादुर जाग्रीले विषय प्रवेश गर्दै जनसम्वन्ध विस्तार अभियानका उदेश्यहरु माथी प्रकाश पार्दै यो अभियान भ्रष्टाचार, वित्तिय तथा वैङ्कको शोषण, राष्टघातका विरुध्द,प्रतिगामीहरुका हर्कतहरुको भण्डाफोर, जनयुध्द तथा जनआन्दोलनका उपलव्धिको रक्षा ,एकता महाधिवेशनको सन्देश प्रवाह गर्न ,सवै देशभक्त वामपन्थी क्रान्तिकारीहरुलाई एकतावध्द गर्न र यो दलाल संसदिय व्यवस्थाको विकल्प जनगणतन्त्र स्थापनाका लागि आधार तयार गर्न सञ्चालन गरिएको वताउनु भएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा टोली न.४ का नेता हेमन्त प्रकाश ओलीले एकता महाधिवेशनले तिनवटा क्रान्तिकारी पार्टीहरु विच एकता गरेको हो । माओवाद तथा विचारधारा मान्ने अन्य क्रान्तिकारीहरुसँग पनि एकता गरि विशाल क्रान्तिकारी पार्टी निर्माण गर्ने सकिने वताउनु भएको छ । पार्टीको पथपर्दशक सिदान्त माक्सवाद—लेनिनवाद—माओवाद निश्चित गरेपनि माओविचारधारा र माओवादमा छलफल गर्न सकिने महाधिवेशनको निति रहेको वताएका छन । नेपाल अव अर्ध सामान्ति अर्धऔपनिवेशिक अवस्थावाट नवऔपनिवेशिक अवस्थामा रहेको छ । पार्टीको कार्यदिशा जनसंघर्ष जनप्रतिरोध तथा जनविद्रोहको रहेको उहाँले वताउनु भयो ।
पत्रकार भेटघाट कार्यक्रमा डडेल्धुरामा रहेका टिभि, एफएम अनलाईन र प्रिन्ट मिडियाका स्थानिय तथा केन्द्रिय स्तरका पत्रकारहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन जिल्ला ईञ्चार्ज लालवहादुर मडै लालकिरणले गर्नुभएको थियो ।