तेह«थुमको म्याङलुङ बजारमा जनसभा सम्पन्न : ‘दलाल पुँजीपतिवर्गको हातबाट श्रमिक जनताको हातमा सत्ता ल्याउन अभियान’

तेह«थुमको म्याङलुङ बजारमा जनसभा सम्पन्न : ‘दलाल पुँजीपतिवर्गको हातबाट श्रमिक जनताको हातमा सत्ता ल्याउन अभियान’

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको १ नंं अभियान टोलीले आज तेह«थुमको म्याङ्लुङ बजारमा जनसभा सम्पन्न गरेको छ । जनसम्बन्ध विस्तार अभियानको पाँचौ दिन अभियान टोलीले जनसभा सम्पन्न गरेको हो ।

पार्टीका स्थायी समिति सदस्य तथा अभियान टोलीका प्रमुख नेतृत्व रामसिंह श्रीसको प्रमुख आतिथ्यतामा सम्पन्न भएको जनसभालाई सम्बोधन गर्दै नेता श्रीसले दलाल पुँजीपति वर्गको हातमा रहेको सत्तालाई श्रमिक जनताको हातमा ल्याउने उद्देश्यले अभियान सञ्चालन गरेको स्पष्ट पार्नुभयो । उहाँले नेपालमा पटक पटक आन्दोलन, संघर्ष, युद्ध भएपनि नेतृत्वको धोका र गद्दारीका कारण जनताले चाहेको राजनीतिक व्यवस्था अहिलेसम्म आउन नसकेको बताउनु भयो ।

उहाँले विगतमा जनताले निकै ठूलो त्याग, तपस्या र बलिदान गरेर ल्याएको राजनीतिक व्यवस्थामा दलाल पुँजीपतिवर्गको हालीमुहाली रहेको भन्दै दलाल पुँजीपतिहरुको हातमा रहेको सत्तालाई बलपूर्वक खोसेर श्रमिक जनताको हातमा ल्याउन फेरि क्रान्ति अपरिहार्य हुन गएको कुरा स्पष्ट पार्नुभयो ।

जनसभालाई पार्टीका पोलिटब्यूरा सदस्य चन्द्रहरि सुवेदी र महिला नेतृ शारदा महतले पनि सम्बोधन गर्नुभएको थियो । पार्टीका तेह«थुम जिल्ला इन्चार्जको अध्यक्षतामा सम्पन्न भएको जनसभाको सञ्चालन डिल्लीराम बोहराले गर्नुभएको थियो ।