दाङ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको ४ नम्बर ब्यूरोमा पनि जनसम्बन्ध विस्तार अभियानलाई जारी रहेको छ । चैत ४ गते केन्द्रीय योजना अनुसार एकैपटक देशभर उदघाटन गरिएको जनसम्बन्ध बिस्तार अभियान ४ नं. ब्यूृरो अन्तगर्त दाङ जिल्लामा जारी छ।

प्राप्त समाचार अनुसार ४ नम्बर ब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज लालध्वजको अध्यक्षतामा सम्पन्न भएको अभियानमा ४ नम्बर सेक्रेटरी समिरले देशको केन्द्रीय योजना अनुसार दाङ जिल्लाबाट अभियानको उदघाटन गर्नुभएको थियो । अभियान बैशाख १८ गतेसम्म सञ्चालन गरिनेछ ।
अभियान उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय बैकल्पिक पोलिटब्युरो सदस्य तथा ब्युरो सेक्रेटरी समिरले देश अहिले गम्भीर संकटमा परेको अर्थतन्त्र ध्वस्त भएको सरकार देशको जनताको पक्षमा भन्दापनि दलाल भ्रष्टहरुको चाकरी गर्ने कुर्सी रक्षाका लागि मात्र चिन्तित रहने देखियो । उहाँले यो राज्य ब्यबस्था जनताको पक्षमा नभएको गरिव किसान मजदुरहरुो हकहितमा भन्दापनि मालिक जमिन्दारहरुका पक्षमा रहेको, गरिब सुकुम्बासीका समस्या हल गर्नुपर्नेमा उल्टो सुकुम्बासीहरुलाई बसिरहेको घरबास उठाएर मानसिक पीडा दिईरहेको सरकार उल्टो बाटो हिडेकोले सरकारलाई गल्ती सच्याउन आग्रह गर्नुभयो ।

कार्यक्रममा दाङ जिल्लाका सदस्य तथा क्रान्तिकारी सुकुम्बासी संगठनका दाङ संयोजक तिलक बि क , अखिल नेपाल जन सांस्कृतिक महासंघ का केन्द्रीय सदस्य गोपाल बेैद्य। लगायतका बक्ताले कार्यक्रममा मन्तब्य दिनु भएको थियो । कार्यक्रम स्वागत मन्तब्य दाङ जिल्ला सेक्रेटरी ईश्वरीप्रसाद गैरेले गर्नु भएको थियो ।कार्यक्रम सञ्चालन मोतीरामले गर्नु भएको थियो । कार्यक्रम अध्यक्षता ४ नम्बर ब्युरो सदस्य तथा सल्यान जिल्ला इञ्चार्ज लालध्वजको सभापतित्व मा सम्पन्न भएको थियो ।
अभियान कै क्रममा ४ नम्बर वडामा पर्ने ढुङ्गेनी बस्तीमा राप्ती गाउँपालिका ४ नम्बर वडा बुढीचौर मुक्त कमैया सिबिर, मसुरिया ३ नम्बर २ नम्बर ब्रहाखुटी ,सिसहनिया लगाएयतका वडामा कार्यक्रम सम्पन्न भए ।
गढवा गाउँपालिका अन्तरगत वडा नम्बर ३ गोवडिया मुक्त कमैया सिबिर , सुपैलामा सहिद परिवार भेटघाट तथा ४ नम्बर को सालझण्डीमा रहेको मुक्त कमैया तथा सुकुम्बासी टोलहरुमा कार्यक्रम सम्पन भएका छन । सबै ठाउँमा क्रान्तिकारी सुकुम्बासी सङ्गठन गठन गरिएको छ । कार्यक्रम देउखुरी क्षेत्रमा २१ गतेसम्म चल्नेछ । त्यसपछि २२ गते केन्द्रीय टिम दाङमा आउनेछ । तीन दिन केन्द्रीय टिमसमेतको उपस्थितिमा दाङका मुख्य शहरहरुमा जनसभा गरिने कार्यक्रम रहेको दाङ जिल्ला सेक्रेटरी ईश्वरीप्रसाद गैरेले जानकारी दिनुभयो ।
































