जनसम्बन्ध विस्तार अभियानको पाँचौ दिन : थपिदै जनसहभागिता, सुमधुर बन्दै जनसम्बन्ध (फोटोफिचर)

जनसम्बन्ध विस्तार अभियानको पाँचौ दिन : थपिदै जनसहभागिता, सुमधुर बन्दै जनसम्बन्ध (फोटोफिचर)

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको डेढ महिने जनसम्बन्ध विस्तार अभियानको आज पाँचौ दिन । केन्द्रीय, व्यूरो र जिल्लाका अभियान टोलीहरु जनताको घर घरमा पुगेका छन् । सहिद परिवारहरुसँग भेटघाट गरेका छन् । सहिदहरुका शालिकहरुमा माल्र्यापण गर्ने, बलिदानलाई उच्च सम्मान गर्ने कार्यहरु भइरहेका छन् । अभियान टोली जनतासँगै श्रमकार्यमा पनि जुटेका छन् । जनभेटघाट, जनश्रम, जनअन्तरक्रिया, कोणसभा, जनसभा, वाल पेन्टिङ, पर्चा वितरण, माइकिङ र जनसंगीतका माध्यमबाट आम श्रमजीवी जनतामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालसँगै यो पार्टीका क्रान्तिकारी विचार र राजनीतिलाई स्थापित गर्ने र जनसंघर्षसँगै जनसंगठनको आधार निर्माण गर्ने कार्यमा सिंगो पार्टीपंक्ति जुटिरहेको छ । अभियानमा जनसहभागिता हुँदैछ र जनसम्बन्ध बाक्लिदै गएको छ ।


दलाल पुँजीपति वर्ग, पुनरुत्थानवादी शक्ति, दक्षिणपन्थी संशोधनवादी तथा अवसरवादी शक्तिहरुले चुनावी गीत गाइरहँदा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेता कार्यकर्ताहरुले क्रान्तिकारी गीत गाइरहेका छन् । आमूल परिवर्तनका पक्षधर जनतामा क्रान्तिकारी आशावादको बिउ छरिरहेका छन् । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको यो अभियानले वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक रुपमा शोषित उत्पीडित वर्ग र समुदायलाई एउटा आशा र उत्साहको सञ्चार गराइरहेको छ ।

पाँचौ दिनका कार्यक्रमहरु

चियोभन्ज्याङबाट हिँडेको टोली
जनसम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना पाँचथरको चियोभन्ज्याङबाट ४ गते उद्घाटन गरी अगाडि बढेको १ नं. अभियान टोलीले तेह्रथुम जिल्लाको सदरमुकाम म्याङ्लुङ बजारमा जनभेटघाट, पर्चा वितरण गरी आज म्याङ्लुङ बजारमा जनसभा गरिरहेको छ । स्थानीय राजनीति दलका नेताहरू सित भेटघाट तथा छलफलको कार्यक्रम पनि गरेकोछ ।

 

 

काँकडभिट्टाबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना झापाको काँकडभिट्टाबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले आज झापाको २ ठाउँमा कोण सभा र मोरङको ५ ठाउँमा कोण सभा तथा करीव २० ठाउँमा वालपेन्टिङ् सम्पन्न गरेको छ । झापाको मङ्गलबारे बजारको कोण सभालाई रक्तिम साँस्कृतिक अभियानका अध्यक्ष नारायण शर्माले सम्बोधन गर्नु भएको थियो । झापाको दमक बजारको चोकमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिट्ब्युरो सदस्य कृष्ण देव दनुवारले सम्बोधन गर्नु भएकोथियो । अभियान टोलीले झापाकै कमल गाउँपालिका भालुगाउँमा सहिद हायबहादुर राईको परिवारलाई भेट्घाटघाट गर्ने काम पनि सम्पन्न गरेकोछ ।

दिउसो १ बजे तिर झापा र मोरङ जिल्लाको सिमाना भावाखोला पुलमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल मोरङ जिल्ला कमिटीले अभियान टोलीलाई स्वागत गरेको छ । स्वागत पछि नारा जुलुस सहित टोली मोरङ जिल्लाको उर्लाबारी बजार प्रवेश गरेको थियो । उर्लाबारी बजारमा अभियान टोली प्रमुख तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरिभक्त कंडेल प्रतिकले कोण सभालाई सम्बोधन गर्नु भएको थियो । कार्यक्रमको सन्चालन मोरङ जिल्ला सेक्रेटरी बादलले गर्नु भएकोथियो ।त्यस पछि टोलीले मेक्लाजुङ गाउँपालिकाको मधुमल्लाहमा कोण सभा सम्पन्न गर्‍यो । सो कोण सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य कृष्णदेव दनुवारले सम्बोधन गर्नु भएकोथियो । त्यस सभालाई पनि मोरङ जिल्ला सेक्रेटरी बादलले नै सन्चालन गर्नु भएको थियो ।


मेक्लाजुङको वडा नम्बर ३ को धोबिनी बजारको कोण सभालाई पार्टीको केन्द्रीय सदस्य रङ्गबिर डोङ्ले सम्बोधन गर्नु भएकोथियो र सन्चालन रत्न पराजुलीले गर्नु भएकोथियो । त्यस पछि टोली सुकुम्वासी बस्ती आइतबारे पुग्यो र त्यहाँ पनि कोण सभा सम्पन्न भयो । सो सभालाई नरसिङ्ह धिमालले सन्चालन गर्नु भयो र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय सदस्य बाबुराम सुबेदीले सम्बोधन गर्नुभयो । टोलीले आइतबारेमा पनि सहिद परिवार सित भेटघाट गर्यो । रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय अध्यक्ष नारायण शर्मा र राधा खतिवडा लगायत कलाकारहरुले प्रगतिशील गीत पनि प्रस्तुत गर्नु भएको थियो ।

झुलाघाटबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना बैतडीको
झुलाघाटबाट ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र ७ गते डडेल्धुराको चमडा र चिपुरमा कार्यक्रम सम्पन्न गरेको छ । चमडाको सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली सुदर्शन र पोलिटब्युरो सदस्य लाल बहादुर जाग्रीले सम्बोधन गर्नु भएकोथियो । कार्यक्रमको अध्यक्षता प्रकाश ऐर र सन्चालन पार्टीको १ नम्बर ब्युरो सेक्रेटरी हरी प्रशाद सुवेदीले गर्नु भएको थियो । विद्यार्थी र किसानका सदस्यताहरु पनि वितरण गरिएको थियो।
डडेल्धुरा जिल्लाको अजयमेरू गाउँपालिका अन्तरगत वार्ड न ४ चिपुर वजारमा रहेको शहिद जयराज भट्ट ९विनय० र गौतम वोहरा ९पत्थर०को शालिकमा आज जनसम्वन्ध अभियान विस्तार टोली न ४ का टोली नेता तथा स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली, नन्द भट्ट, पिविएमहरु लालवहादुर जाग्री, केवि गुरूंङ ,धनेश्वर पोखरेल, टोलीका सदस्यहरु दिनेश थापा, डम्वर विष्ट,हुकुम खंडका प्रकाश ऐर, नरेन्द्र चन्द, हरि सुवेदी समेतले फुलगुच्चा चढाएर श्रध्दाञ्जली अर्पण गर्नु भएको थियो। शहिद जयराज भट्ट ९विनय० की पत्नी नन्दा भट्ट र गौतम वोहरा ९पत्थर० की आमालाई अभियान टोली नेता हेमन्त प्रकाश ओलीले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।

 

गड्डाचौकीबाट हिंडेको टोलीः
जन सम्बन्ध विस्तार अभियानको केन्द्रबाट गठित ४ टोली मध्ये भारतको सिमाना कञ्चनपुरकोे गड्डाचौकीबाट चैत्र ४ गते उद्घाटन गरी अगाडि बढेको यस टोलीले चैत्र ७ गते कञ्चनपुरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ८ को माडिकाधाम ९तिल्लरीपाटा० मा एक सभा सम्पन्न गरेको छ । कार्यक्रमलाई पार्टी जिल्ला सेक्रेटरी बिष्णुराम दमाईले सन्चालन गर्नु भयो । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका एक नम्बर ब्युरो ईन्चार्ज शेर बहादुर देउवा र पार्टीका जिल्ला सदस्य हरी जब्रेलले सम्बोधन गर्नु भएको थियो । त्यसै सन्दर्भमा एमाले, मा ।के।, कांग्रेस परित्याग गरी पार्टी प्रवेश गर्ने नवप्रवेशीहरुलाई टोली नेता तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य कृष्णराज पौडेलले अविर लगाएर स्वागत गर्नु भएको थियो । त्यहाँ युवा मोर्चा र किसान मोर्चाको समिति पनि गठन गरिएको छ । त्यस पछि अभियान टोलीले कृष्णपुर न।पा। को बाढी बजारमा कोण सभा सम्पन्न गरेको थियो । कोण सभालाई पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य जितामित्र सुनारले सम्बोधन गर्नु भयो । जिल्ला ईन्चार्ज राम बहादुर महराले कार्यक्रमको सन्चालन गर्नु भएको थियो । टोलीले टनकपुर ब्यारेजको अध्ययन अवलोकन गरेको थियो । ब्रह्मदेव बजारको सभालाई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य चक्रपाणि शर्माले सम्बोधन गर्नु भएको थियो