अभियान टोली बेलौरी वरीपरीका वस्तीमा भेटघाट र कोणसभा सम्पन्न गरी साँझ डुमौलियामा किसानहरुको बिचमा बस्ने कार्यक्रम

अभियान टोली बेलौरी वरीपरीका वस्तीमा भेटघाट र कोणसभा सम्पन्न गरी साँझ डुमौलियामा किसानहरुको बिचमा बस्ने कार्यक्रम

चैत्र ८ गते बेलौरी ।
गड्डाचौकी उद्घाटन गरेर आगाडी बडेको जनसम्बन्ध विस्तार अभियानको टोली आज ८ गते विहान बेलौरी वरीपरीका वस्तीमा भेटघाट कार्यक्रम सम्पन्न गर्यो ।


भेटघाट पछि बेलौरी बजारको संविधानसभा चोकमा पर्चा बितरण गर्दै कोणसभा सम्पन्न गरेको छ । कोणसभाको संचालन कञ्चनपुर जिल्ला सचिव बिस्नु राम दमाईले गर्नु भएको थियो भने पार्टीका स्थाई समिति सदस्य तथा अभियान प्रमुख कृष्णराज पौडलले सम्बोधन गर्नु भएको थियो । उहाँले पार्टीको जनसम्बन्ध विस्तार अभियानको उद्येश्य प्रष्ट पार्नुका साथै “स्वरोजगार, स्वास्थ्य, शिक्षा र समानता यो व्यवस्थाबाट सम्भव न भएकाले जनवादी व्यवस्थाबाट मात्र संभव हुने“ विषयमा जोड दिनुभएको थियो । प्रतिगमनकारीहरु आफ्नो गुमेको सत्ता ब्युँताउने कोशिस गरेपनि त्यो संभव न भएको र यस प्रकार प्रतिगामी हल्लामा न लाग्न” आवहान गर्नु भएको थियो ।


दोश्रो कोणसभा पुनरवास नगरपालिकाको आई. वि.आर.डी. वजारमा सम्पन्न भएको छ । उक्त कोणसभाको संचालन बिस्नु राम दमाई र सम्बोधन पार्टीका पिबिएम तथा अभियान टोली सदस्य अम्बिका मुडभरीले गर्नु भएको थियो । मन्तब्य राख्दै,“राज्यले युवा श्रमशक्तिलाई विदेशमा पलायन गराउने गरेको छ भने युवा जनशक्तिलाई स्वदेशमा रोजगारीको ग्यारेन्टी गराउन राज्य उदासीन देखिन्छ भन्नु भयो । विभिन्न प्रकारका काण्डै काण्ड मचाएर देशलाई कङ्गाल बनाएका यी पार्टीहरूको विकल्प राजा नभएर नयाँ जनबादी व्यवस्थाका बााकी कार्यभार पुरा गर्दै बैज्ञानिक समाजवादको सथापना हो भन्नु भएको थियो ।


त्यसपछि अभियान टोली कैलाली जिल्लामा प्रवेश गरेपछि धनगढीमा खाना खाई धनगढी नगरपालिका –१७ डुमौलियामा कोणसभा सम्पन्न गरेको छ । उक्त कोणसभाको सञ्चालन २ नं.ब्यूरो सचिव रामबहादुर के सीले गर्नु भएको थियो । उक्त कोणसभालाई अभियान टोली सदस्य तथा पिबिएम अम्बिका मुडभरीले सम्बोधन गर्नु भएको थियो । सम्बोधन मा उहाँले “अहिले पनि समाजमा धेरै प्रकारका विभेदहरु छन् महिला विभेद, दलित समुदाय माथिको विभेद, जनजाति माथिको विभेद लगायतका विभिन्न विभेदहरु छन् । किसानहरुको समस्या जस्ता को त्यस्तै छ । भूमिहिन किसानहरुको अवस्था विजोग छ भन्दै निकम्मा सरकार गरिब मारा हो” भन्नु भयो ।
अभियान टोली सदस्य तथा थारु जनगायक नारायण योगीले थारु भाषामा गीत गाउनुका साथै जवसम्म किसानहरुको सम्मान हुन सक्दैन देशमा कृषिमा विकास हुन सक्दैन र दलिय स्वार्थ भन्दा माथि उठेर किसानहरु स्वयम् आन्दोलित हुन आह्वान गर्नुभयो । अभियान टोली आज साँझ डुमौलियामा किसानहरुको बिचमा बस्ने कार्यक्रम रहेको छ ।