जनसम्बन्ध विस्तारसँगै झापाका शहिद परिवार भेट्दै २ नम्बर अभियान टोली

जनसम्बन्ध विस्तारसँगै झापाका शहिद परिवार भेट्दै २ नम्बर अभियान टोली

अप्सरा बानियाँ

झापा÷जनसम्बन्ध विस्तार अभियान लिएर मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी यतिबेला उत्पीडित जनताको घर आगनमा पुगेको छ ।
राष्ट्रियता ,जनतन्त्र र जनजीवीकाको पक्षमा लामो समयदेखि संघर्ष गर्दै आएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले यतिबेला सुदुर पुर्व देखि सुदुर पश्चिमसम्म एकैसाथ पार्टीका शीर्षस्थ नेताहरुको कमाण्डमा जनसम्बन्ध विस्तार अभियान चलाई रहेको छ ।
यसै अभियानको क्रममा पार्टीका स्थायी कमिटी सदस्य हरिभक्त कडेलको कमाण्डमा रहेको २ नम्बर टोलीले शहिद परिवार भेटघाट कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।
टोलीले अभियानको दोस्रो दिन मंगलबार विहानै झापा आन्दोलनका शहिद चन्द्र डागीका परिवारसँग भेटघाट गरेको छ । भेटघाटका क्रममा शहिद चन्द्र डागीका छोराले आफ्ना बुवाको बलिदानीमा नेपालका नामधारी कम्युनिष्ट पार्टीहरुले घात गरेको गुनासो गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीलाई शहिदले देखेको सपना पुरा गर्न आग्रह गर्नु भयो । पार्टीका स्थायी कमिटी सदस्य तथा टोलीका कमाण्डर हरिभक्त कडेलले क्रान्तिकारी कम्युनिस्ट पार्टीले शहिदको बलिदानीको उच्च समान गर्ने र शहिदका सपनामाथि कुठाराघात नगर्ने विश्वास दिलाउनु भयो । उहाँले दलाल संसदीय व्यवस्थाको अन्त्य गर्दै जनवादी गणतन्त्रको स्थापना गर्न सकेमात्र शहिद चन्द्र डागी सहित हजारौँ हजार शहिदहरुले न्याय पाउने बताउनु भयो ।


यसैगरी २ नम्बर अभियान टोलीले आजकै दिन पर्न गएको ऐतिहासिक २७ औँ सांस्कृतिक प्रतिरोध दिवस मनाएको छ । झापा जिल्लाको विर्तामोड ८ गारामुनीमा अनेकोट हत्या काण्डका शहिदहरुलाई विषेश सम्झना गर्दै प्रतिरोध दिवस मनाएको हो । अखिल नेपाल जनसंस्कृतिक महासंघको आयोजना सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी रहनु भएका अभियान टोली नम्बर २ का कमाण्डर कडेलले परिवर्तनका लागि सांस्कृतिक सेनाका रुपमा काम गरिरहनु भएका कलाकार भाईबहिनीहरुलाई प्रतिक्रियावादका शाही जल्लादहरुले २०५५ चैत्र ५ गते निर्मम पुर्वक हत्या गरेको स्मरण गर्नु भयो । यीनै शहिदको रगतले जनता तिब्रगतिमा आन्दोलनमा उत्रिएर जनयुद्ध उत्कर्षमा पुगेको भएता पनि जनयुद्धको अग्रपंतीमा रहेका केहि नेताहरुको गद्दारी र आत्मसमर्पणको कारणले कम्युनिस्ट आन्दोलनले गुणात्मक फड्को मार्न नसकेको बताउनु भयो ।
कार्यक्रकममा अखिल नेपाल जनसंस्कृतिक महासंघका सचिवालय सदस्य तथा रक्तिम परिवारका अध्यक्ष नारायण शर्मा ,महासंघका अर्का सचिवालय सदस्य डम्बर भण्डारी र प्रविण दर्नालले जनवादी गीत प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रमको संचालन नारायण शर्माले गर्नु भएको थियो । कार्यक्रममा दुई नम्बर अभियान टोलीका सदस्य तथा पार्टीका पोलिटब्यूरो सदस्य कृष्ण देव सिंह ,पार्टीका केन्द्रिय सदस्य तथा १६ नम्बर ब्यूरो सेक्रेटरी विमल निरौला , पार्टीका केन्द्रिय सदस्य तथा झापा जिल्ला सेक्रेटरी जय आचार्य , अभियान टोलीका सदस्यहरु रंगवीर दोङ , सोभा सेन्चुरी,क्षेत्र बहादुर थापा लगायत १६ नम्बर ब्यरो अन्तर्गतका नेता तथा कार्यक्रर्ताको उपस्थिती रहेको थियो ।