काठमाडौं । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक संघ (बिगेसो)को आयोजनामा सर्वोच्च अदालतको ११ दिने निर्देशनात्मक आदेश कार्यान्वयन सम्बन्धी विशेष कार्यक्रम अन्तर्गत बुधबार बिगेसो महिला विभागको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महिला अधिकार, भूतपूर्व गोर्खा सैनिकका मुद्दा, राष्ट्रिय स्वाभिमान, स्वाधिनता, श्रम शोषण तथा महिला अधिकार हनन जस्ता विषयमा कार्यक्रमका अतितिहरुले विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा पमुख अतिथिको रुपमा उपस्थित हुनुभएका बिगेसाका प्रमुख सल्लाकार परि थापाले भूतपूर्व गोर्खाहरुका सम्बन्धमा सर्वोच्च अदालतको दिएको निर्देशनात्मक आदेश अविलम्ब कार्यान्वयन गर्नुपर्ने धारणा राख्नुभएको थियो ।
बिगेसो महिला विभाग संयोजक श्रीमती सुलोचना रोक्का गुरुङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथि बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बु, अखिल नेपाल क्रान्तिकारी महिला संघकी सह–संयोजक सारदा महत, नेता तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका विदेश विभाग संयोजक चक्रपाणि शर्मालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अखिल नेपाल क्रान्तिकारी महिला संघकी सह–संयोजक सारदा महत, बिगेसो महिला विभाग सदस्य नविना राई, सदस्य निता थापा, अरुणा पुवाणेले भूतपूर्व गोर्खा सैनिकमाथि भएको शोषण, विभेद र उत्पीडनका बारेमा चर्चा गर्नुभएको थियो ।
कार्यक्रम सञ्चालन बिगेसो महिला विभाग सह–संयोजक ललिता राईले गर्नुभएको थियो ।
कार्यक्रममा नुमा तुम्बीपो नृत्य प्रस्तुति गर्नुभएको थियो भने बिगेसो सिंगापुर विभाग सचिव ज्ञान बहादुर गुरुङले “म गोर्खा” शीर्षकको कविता सुनाउनु भएको थियो ।
कार्यक्रमले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, श्रम शोषणको अन्त्य, महिला अधिकार संरक्षण तथा भूतपूर्व गोर्खा सैनिक र उनीहरूका परिवारका हकहितको प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ । बिगेसोले माघ २४ गतेसम्म सर्वोच्च अदालतको निर्देशनात्मक आदेशको कार्यान्वयनको माग राखेर दैनिक रुपमा ¥याली, कोणसभा, आमसभा लगायत विभिन्न कार्यक्रमहरु राखेको छ । बिगेसोका कार्यक्रमप्रति ऐक्यवद्धता जाहेर गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सम्बद्ध जबस मोर्चा, अन्य राजनैतिक पार्टी तथा संघ संस्थाहरुले पनि ऐक्यबद्धता जाहेर गर्ने कार्यक्रम भइरहेको बिगेसोका अध्यक्ष पदमसुन्दर लिम्बूले जानकारी दिनुभएको छ ।