टन्टलापुर घामले शरिरमा पसिना बगेको छ । हावाले रुखका पातहरु हल्लाउन सकेको छैन् । मानौ हावा चुप लागेर बसेको छ । हामी तिलकपुरको तुलसीनगर गाउँमा जामुनको रुख छहारी मुनि बसेको छौ । म संग कमरेड सुरज पनि हुनुहुन्छ । हामीले कमरेडहरुलाई पर्खिराखेका छौ । प्रतीक्षाको घडी निकै लामो लाग्छ ।
पश्चिमतर्फ बासा चोक तर्फबाट क. बिमल र अर्काे एकजना कमरेड आउदै गरेको जस्तो देखियो । होचो कद, खाइलाग्दो शरिर रहेकी एकजना महिला कमरेडले साइकल डोहो¥याउनुभएको थियो । उहाँहरु दुबैजना कुरा गर्दै हामी तर्फ आउदै हुनुहुन्थ्यो । भर्खर उहाँहरु हाम्रो सामुन्ने आइपुग्नुभयो । हामीले एक आपसमा दर्बिलो हात गर्बिलो तरिकाले मिलाएर अभिवादन ग¥यौ । ती युवती कमरेडसंग भने परिचय गर्न हामी कसैको होस् आएनछ । पछि बिमल कमरेडले परिचय गराउनुभयो । ‘उहाँ कमरेड रोशनी भर्खर १६ महिनाको जेल जीवनबाट खुला आकाशमा आउनुभएको हो ।’ उहाँले रोशनीलाई बहिनी भन्नुहुन्थ्यो । उहाँहरु एकै गाउँ ठाँउको भएर पनि होला । उहाँहरु बीच दाजु बहिनीको प्रगाढ सम्बन्ध थियो । मैले र कमरेड सुरजले पनि परिचय दिऔ र छोटो भलाकुसारी पछि केही योजना लिएर हामी कार्यक्षेत्र तर्फ लाग्यौ ।
जिन्दगीका कतिपय भेटहरु यस्ता हुन्छन् । जुन सधै अबिस्मरणीय हुन्छन् । क्रान्तिकारीहरुलाई कतिपय भेटले नयाँ आशाको संचार पनि गर्छ । यद्धपि सबै भेटहरु भने सम्झन लायक हुने गर्दैनन् । गीता पौडेल (क.रोशनी) फरासिली हुनुहुन्थ्यो । त्यतिमात्र होइन दृढ संकल्पिक योद्धा भएको हामीले पहिलो भेटमै अनुभुत पनि ग¥यौ । कमरेड रोशनी जसको घर तात्कालिन रामनगर गाविसमा भित्र पर्दथ्यो । उहाँ बिद्यार्थी संगठनमा कार्य गर्ने जिम्मेवारी सहित जेलमोर्चाबाट आएपछि पुनः जोडिनुभएको थियो । उहाँले अखिल क्रान्तिकारीको जिल्ला टिमसंग सहकार्य गरेको केही महिना भइसकेको थियो । उहाँले जेलमोर्चा भित्रका ब्यथाहरु सुनाएको मलाई आज पनि ताजा जस्तो लाग्छ । अक्सर हामी माझ पार्टी, क्रान्ति र बिद्यार्थी आन्दोलनले भोगेका झेलेका समस्याहरु बारे छलफल बहस चलिरहन्थ्यो । उहाँको क्रान्ति प्रतिको निष्ठा र समर्पणभाव निकै उच्च थियो ।
बर्षा याम थियो । बादल मडारिनु सामान्य नै थियो । मैले मेक्सिम गोर्कीको ‘मेरा विश्वबिद्यालय’ किताब लिएर अध्ययन गरिरहेको थिए । साथमा रेडियो पनि बजिरहेको थियो । त्यही बेला एउटा समाचार आयो माओवादी कार्यकर्ताको कावासोतीमा दुर्घटना । मैले कमरेड बिमललाई फोन गरेर दुर्घटना बारे जानकारी लिई हाले । सहकार्यको केही महिना र मलाई दाई भनेर सम्बोधन गरेको केही हप्तामा उनै रोशनीलाई हामीले गुमाउन बाध्य भएका थियौ । शान्ति प्रक्रियाको केही कामहरु हुदै गर्दा हामीले उहाँलाई गुमायौ ।
मन भक्कानिरहेको छ । विश्वास पनि लागेको छैन । म संग गाडी भाडा पनि थिएन् । सायद कसैसंग एकसय रुपैया मैले सापटीस्वरुप मागे । मेरो कार्यक्षेत्र पनि नवलपुर खण्डमै थियो । कावासोतीको कालीगण्डकी अस्पतालमा हतार हतार पुगें । उहाँको शरिरमा लागेको चोटका निलडामहरु सरर्सती हेरे । घाइते साथी कमरेड सन्तोषलाई सान्त्वना दिनु बाहेक मसंग अरु उपाय नै कहाँ थियो र ? युद्ध र जेलका मोर्चाहरु जितिसकेपनि कतिपय घटनाहरु यस्ता हुन्छन् जसले हामीलाई हार्न बाध्य बनाउदों रहेछ । कमरेड रोशनीका बुवा आमालाई बोलाउने नेतृत्वको निर्देशन बमोजिम बोलाइयो । उहाँहरु पनि आइपुग्नुभयो । पाँच दशक उमेर भन्दा माथि लागेका बुवा र आमालाई देखेर हामी भाव बिभोर भयौ । आमा बिहोसै हुनुभयो र सोही अस्पतालमा भर्ना ग¥यौ । बुवा ‘युद्धमा नमारिएको मेरी छोरी मार्नेलाई ल्याउ’ भन्दै पीडा ओकलिरहनुभएको थियो । उहाँको पार्थिक शरिरलाई हामीले प्लाष्टिकमा बेरेर पिठौलीघाट तर्फ लग्यौ । रक्तरंजित कलम र तारा अंकित झण्डा ओडाएर अभिवादन सहित बिदाई ग¥यौ ।
बि.स. २०६१\२०६२ सालमा आन्दोलनमा सहकार्य गरेको एउटा सहयोद्धा कमरेड रोशनीको परिवार केही बर्ष देखि बडेराको सुन्दरबस्तीमा बस्दै आउनु्भएको छ । त्यो परिवारसंग मात्र नभई उहाँको मामा सुर्य देवकोटालगायत आफन्तहरुसंगको जनयुद्धको समय देखिकै सहकार्य बेलाबेलामा निकै याद आईरहन्छ । हरेक बर्ष सहिद परिवार भेटघाट गर्न हामी शहिद परिवारको घरमै पुग्ने गरेका छौ । गतबर्ष कमरेड रोशनीको बुवा बित्दा भने त्यो आँगनमा टेक्न सकिन् । मनमा यसले पनि निकै पीडा दिइरहेको छ । कहिलेकाही समय पनि यति प्रतिकुल बन्दो रहेछ एउटा सहयोद्धाको परिवार भेटन पनि अनुकुलता नमिल्दो रहेछ ।
हामी आफूलाई सधै क्रान्तिकारी बनाउन सक्छौ या सक्दैनौ । ब्यक्तिको प्रश्न गौण बन्न जान्छ । तर, कमरेड रोशनी जस्तै हजारौ मान्छेहरु बाँचिरहेका छन् । हाम्रो नवलपरासी पश्चिम जिल्लाबाट पनि ३४ जना बीर बीरङगनाहरु बाँचिरहनुभएको छ । हाम्रा सोच्ने तरिकाहरु बैज्ञानिक भएन् भने हामीले क्रान्ति गर्दैनौ । युद्धमा नहारेका हिजोका राता मान्छेहरु प्रतिक्रियावादी ब्यवस्थाको फोहरी आहालमा सहजै पतन र महापतन भएको हामीले पटक पटक देख्दै भोग्दै आएका छौ । यो महापतनको यो बेग अझ चलिरहेको छ । मौसम मौसममा आउने संसदीय हावा हुण्डरी बाट बचेर अगाडी बढ्यौ भने मात्र हामी जनवादी क्रान्तिलाई नेतृत्व गर्न सक्नेछौ । निकट भविष्यको बैज्ञानिक समाजवादी क्रान्तिको तयारीको चरणमा प्रबेश गर्नेछौ । त्यसैले युद्धमा नहारेर मात्र नहुदों रहेछ साँचो अर्थमा बाच्नका लागि निरन्तर क्रान्तिपथमा लम्किरहनुपर्छ ।