जुर्मुराउनेछन्
तिम्रो बुलेटका बिरुद्ध
मुक्तियोद्धाहरुका आवाज
सडकका पसिना बुदँ
र, लेखिनेछ
रक्तमुछेल इतिहास……
भीषण वर्गसंर्घषको मोर्चा
र,
जनसमरका लहरबाट त्रस्त
हे ! सम्झौतापरस्तहरु हो
विर्सजनवादी ढोंगी सोचले ग्रस्त
हे ! नव सामन्तहरु हो
मुलबाटो छोडेर
नव संशोधनवादमा जाक्नेहरु हो
अब
वर्गविहीन समाजका अनुयायी
आमाका पाभेलहरु
युवाका गीत गाउदैं
आफूलाई रक्तिम बनाउनेछन् ।
तिम्रा
दृष्टिविहीनताले
इच्छुकका कलम भाच्न
सक्नेछैनन्
फेरि जन्मिरहनेछन्
कृष्णसेनहरु निरन्तर…..
हे ! जनदमनकर्ता हो
वक्ष फूलाएर हिडिरहेछौं
जन अधिकार दोहन गर्न
फेरि ?
पर्ख !
नयाँ युगको एक दिन एकचोटी अवस्य आउनेछ
त्यो दिन
छयालिस् र त्रिसठ्ठी मात्र हुनेछैन्
अझ उत्कर्षमय हुनेछ
त्यतिबेला
तिम्रा जनद्रोहहरुको पर्दाफास हुनेछ
जनपीडकका पाउमा
श्रीखाम भित्र श्रीदाम चढाउदै
तिमीले कलो खान पाउनेछैनौ
त्यतिबेला
खबरदारी गर्ने क्रान्तिनायकहरु हुनेछन्
बीर बीरगंनाहरु आउनेछन्
हे सत्ताडबलीका चाटुकारहरु हो
तिम्रा कर्तुतका जब भण्डाफोर हुनेछ
त्यतिबेला
जनसंर्घष सडकमा मात्र हुनेछैन
मुक्तिकामीहरु उठनेछन्
मुक्तियोद्धा जुटनेछन्
जनविद्रोहका ज्यावल उठाउनेछन्
समाजलाई नयाँ जनवाद हुदैं
बैज्ञानिक समाजवाद तर्फ अघि बढाउनेछन्
जनबिद्रोह मार्फत ………..