प्रिय कमरेडहरु
हाम्रे पार्टीको तर्फबाट स्वीकार्नुहोस्,कम्युनिस्ट अभिवादन ।
नेपालका कम्युनिस्टहरु र क्रान्तिकारीहरुले पेरुको जनयुद्धको अवधिमा हाम्रो जनयुद्धप्रति उत्साहजनक ढंगले दृढ समर्थन गरेको र ऐक्बद्धता जाहेर गरेको तथा हाम्रा अध्यक्ष गोन्जालोको जीवन रक्षा र उहाँको उन्मुक्तिका लागि समर्थन गरेकोमा पेरुभियाली कम्युनिस्टहरु तपाईहरुप्रति गहिरो कृतज्ञता व्यक्त गर्दछौं । त्यसका साथै नेपाली जनताको सेवामा तपाईहरुको क्रान्तिको विकासहोस् भन्ने ठान्दछौं ।
हामीले कम्युनिस्टहरुको एकतामाथि ध्यान दिनैपर्दछ । त्यो एकता विश्व सर्वहारा विचारधारा, माक्र्सवाद–लेनिनवाद—माओवाद, प्रत्येक देशमा क्रान्तिको ठोस यथार्थतालाई माक्र्सवाद–लेनिनवाद–माओवादको सार्वभौम सत्यको प्रयोग र विश्व क्रान्तिको सेवामा आधारित हुनु पर्दछ । हामी आशा राख्दछौं कि तपाईहरुको महाधिवेशन वैचारिक, राजनीतिक र सांगठनिक रुपमा नेपाली कम्युनिस्टहरुलाई बलियो बनाउन र माक्र्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शन र नेतृत्वमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको एकता निम्ति संघर्षमा निर्णायक कदम हुनेछ ।
विश्वमा हामी महान रुपान्तरण र गम्भीर परिवर्तनको प्रक्रियाबाट बाँचिरहेका छौं, दुवै आर्थिक र राजनीतिक तथा सामाजिक संकटले यो परिवर्तनको प्रक्रिया ल्याएको हो, जसको कारकतत्व हिजोको पुँजीवाद जस्तै हो । १९९८ र २००८ को संकट तथा अहिलेको अवस्था नवउदारवादको असफलताको राम्रो प्रमाण हो ।
हामी दृढतापूर्वक प्यालेस्टाइनी जनता विरुद्ध गरिएको यहुदीवादी जाति हत्याको निन्दा गर्दछौं र विश्वभरीका जनताको साम्राज्यवाद विरोधी समर्थनलाई सलाम गर्दछौं । विश्वमा प्रभुत्व कायम गर्नका लागि अन्तरसाम्राज्यवादी संघर्षहरु, जस्तै युक्रेनको नियन्त्रणका लागि साम्राज्यवादी युद्ध, यस्ता घटनाहरुले विश्व युद्ध तर्फ लागिरहेको छ । एउटा गम्भीर समस्या के छ भने हामीले असान्दर्भिक भइसकेको अराजकतावादको एउटा खतरनाक प्रवृत्ति महशुस गरिरहेका छौं जसले लोकतान्त्रिक र समाजवादी क्रान्तिको विकास र विजयका लागि सर्वहारा नेतृत्व र कम्युनिस्ट पार्टीहरुको आवश्यकतालाई अस्वीकार गर्दछ ।
शोषित र उत्पीडित बहुसंख्यक जनसमूहलाई सर्वहारा वर्गको नेतृत्व आवश्यक छ, इतिहासको अन्तिम वर्ग जसले पुँजीवादको शोषण र उत्पीडन अन्त्य गर्न सक्षम छ।
माक्र्सवादको करिब २०० वर्षको प्रभावले श्रमिक वर्ग र जनताको हितमा ठूलो सामाजिक रूपान्तरण ल्याएको छ। लेनिन र माओ त्से–तुंगको साथै सर्वहारा वर्गको विचारधाराको विकासले माक्र्सवादको तेस्रो, नयाँ र उच्च चरणलाई जन्म दिएको छ। आज, विश्वका नयाँ समस्याहरूमा माक्र्सवाद–लेनिनवाद–माओवाद लागू गर्नु पर्दछ । केवल वर्ग संघर्षको बीचबाटै सर्वहारा वर्गको संगठन विकास हुन्छ ।
हाम्रो दृष्टिकोण यो छ कि हामीले संघर्षका विभिन्न मोर्चाहरूमा माक्र्सवादी–लेनिनवादी–माओवादीहरूको एकता निर्माण गर्नुपर्छ, साथै सुसंगत माक्र्सवादी–लेनिनवादीहरूसँग एक मोर्चा निर्माण गरी प्रगतिशील र लोकतान्त्रिक शक्ति निर्माण गर्नु पर्दछ , त्यस शक्तिले पुँजीवादी प्रणालीविरुद्ध जनताको साम्राज्यवाद विरोधी संघर्षलाई विकास गर्न मद्दत गर्छ, किनकि हामी राम्ररी जान्दछौं कि केवल जनता नै विश्व इतिहासलाई चलाउने शक्ति हुन्।
तपाईंको महाधिवेशनको मध्यमा, डिसेम्बर ३ मा हाम्रो पार्टीका लागि विशेष महत्वको दिन हो। यस दिन हामी महान माक्र्सवादी–लेनिनवादी–माओवादी, हाम्रो प्रिय र सम्मानित अध्यक्ष गोन्जालो (अबिमाएल गज्मान रिनोसो) को ९० औं जन्मजयन्ती मनाउँछौं। हामी तपाईंहरूसँग यस उत्सव र सधैं गोन्जालोको विचारलाई, पेरूका कम्युनिस्ट र जनताको सर्वशक्तिमान हतियारका रूपमा, अगाडि लैजाने हाम्रो संकल्पलाई यहाँहरूसित राख्न चाहन्छौं । उहाँका शिक्षाहरूलाई लागू गरौ ।
यस अवसरमा हाम्रो लागि तपाईंको देशमा यात्रा गर्नु सम्भव छैन, तर निश्चिन्त हुनुहोस् कि हामी तपाईंको कम्युनिज्मको पवित्र कार्यक्रम लागि क्रान्तिकारी संघर्षमा डटिरहेका छौं।
माक्र्सवाद–लेनिनवाद–माओवाद– जिन्दावाद !
विश्वयुद्धको विरोध गरौं!
विश्वका माक्र्सवादी–लेनिनवादी–माओवादीहरूको एकता जिन्दावाद ! नोभेम्बर २०२४