नेपाली एकता समाज भारतको मध्य दक्षिण राज्य सम्मेलन भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपाली एकता समाज, भारत मध्य दक्षिण भारत एकताको प्रथम राज्य सम्मेलन भव्य रुपमा सम्पन्न भएको छ । हैदरावादको जेडीमेट्लामा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका केन्द्रीय महासचिव क. परि थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनको अध्यक्षता लक्ष्मी आचार्य र सञ्चालन विक्रम विसीले गरेका थिए भने सम्मेलनलाई राजेन्द्र धिमालले स्वागत गरेका थिए । सम्मेलनको उद्घाटन गर्दै प्रमुख […]

सम्झौता गरेको १२ महिना बितिसक्दा पनि खुलेन मलेसियाको रोजगारी !

काठमाडौं । मलेसिया र नेपाल दुई देशबीचमा गरिएको श्रम सम्झौताले १२ महिना पार गरिसक्दा पनि मलेसिया भिसा खुलेको छैन । मलेसियाका लागि कुरेर बसिरहेका युवाहरु त्यहाँ जाने माया मारेर बरु खाडी देशहरुतर्फ हान्निएका छन् । भिसा शुल्कमा मनपरी, स्वास्थ्यमा सिण्डिकेट, दलालहरुको ठगी आदि कारणहरु देखाएर भएको मलेसिया श्रम गन्तव्यको बन्द ढोका एक वर्ष अघि नै […]

इजरायलको रोजगारी बन्द

काठमाडौं । इजरोयल सरकार र नेपाल सरकारबीच २०७२ साल साउनमा गरिएको श्रम संझौता समय अगाडी नै रद्द गरिएको छ । नेपाल र इजरोयलका बीचमा भएको द्वीपक्षीय केयरगिभरमा नेपाली श्रमिक आपूर्ति गर्ने विषयमा श्रम सम्झौतापत्रमा हस्तााक्षर भएको थियो । नेपाली कामदारका लागि इजरोयल निकै आकर्षणको श्रम गन्तव्यस्थल पनि हो । यो गन्तव्य पारिश्रमिक र सुरक्षाको दृष्टिले […]

किन रोकिएको छ मलेसियाली रोजगार?

काठमाडौं । नेपालको सबैभन्दा चलेको रोजगादाता देशहरुमध्ये मलेसिया एक हो । यो निकै पुरानो पनि हो र सहज गन्तव्य पनि । तर पछिल्लो चरणमा आएर नेपाल तथा मलेसियाली सरकारले श्रम संझौतामा हस्ताक्षर गरे पनि श्रम रोजगारका लागि मलेसियाले नेपालको बाटो अहिलेसम्म खुल्ला गरेको छैन । पछिल्लो चरणमा दुई देशका बीचमा श्रमिकहरु लैजाने र स्वदेश पठाउने […]

नेपाल र जापानबीच श्रम संझौतामा हस्ताक्षर

काठमाडौं । नेपाल र जापानबीच सोमवार श्रम सम्झौतामा हस्ताक्षर भएको छ । जापानले पछिल्लो चरणमा नेपाली कामदारका लागि पनि रोजगारको ढोका खोलिदिएपछि नेपाली श्रमिकहरु जापान लैजानेबारे दुई देशबीच यो सम्झौतामा हस्ताक्षर भएको हो । यसलाई दुई देशका प्रतिनिधिबीच श्रमिक आपूर्तिबारे ‘सहकार्यको समझदारी’ नामाकरण गरिएको छ । ‘सहकार्यको समझदारी’ पत्रमा नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक […]

कसरी बने लिबियामा ५ नेपाली बन्धक ? उद्धारको लागि परराष्ट्रमा उजुरी

काठमाडौं । लिबियाको मिस्रटमा ५ नेपालीलाई बन्धक बनाएर राखिएको भन्दै उद्धारको अपील गर्दै परिवारजनले परराष्ट्रमा उजुरी दिएका छन् । पीडितहरुले त्यहाँका स्थानीय गुन्डा समूहले बन्धक बनाएको भन्दै भिडियो बनाएर परिवारसामू पठाएका छन् । भिडियोमा उनीहरुले आफूहरुलाई बन्दुक तेस्र्याएर मार्ने धम्की समेत दिने गरेको जनाएका छन् । कसरी बन्धक बन्न पुगे लिबियामा ? मानव तस्करहरुले लिबियालाई […]

विभिन्न कारणले युएईमा १ वर्षभित्र १०३ नेपाली कामदारको मृत्यु

दुबई । नेपाली दुतावास आबुदाबीले सन् २०१८ मा वैदेशिक रोजगारीको सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएइ) आई मृत्यु हुने नेपालीहरुको विवरण सार्वजनिक गरेको छ । सो विवरणको आधारमा एक वर्षको अवधिमा १०३ जना नेपालीको मृत्यु भएको तथ्यांक उल्लेख गरिएको छ । सो विवरणमा सबैभन्दा धेरैको मृत्यु प्राकृतिक कारणले भएको देखिएको छ । जसमा ३ महिला र […]

कोरियामा एक नेपालीकाे सुतेकै अवस्थामा मृत्यु

काठमाडौं, मंसिर ६ । दक्षिण कोरियामा एक नेपालीको मृत्यु भएको छ । उदयपुर कटारीका २० वर्षीय दीपक कार्कीको सुतेकै अवस्थामा बुधबार मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम काउन्सिलर डिल्लीराम बास्तोलाले जानकारी दिए । पाँच महिनाअघि मात्र इपिएस मार्फत कोरिया पुगेका कार्की एक स्ट्रबेरी फर्ममा काम गर्दै आएका थिए । मंगलबार राति खाना खाएर सुतेका उनको […]

मलेसियासँगको संझौता कार्यान्वयनमा बिलम्ब

काठमाडौं । नेपाल मलेसियाबीचमा श्रम संझौता गरिएको तीन हप्ता बितिसके पनि उक्त संझौताको कार्यान्वयन हुन भने सकेको छैन । कोलम्बो प्रोसेसका मान्यताहरुलाई अंगीकार गरी गरिएको भनिएको उक्त संझौता कामदारहरुको हितमा रहेको र म्यानपावरहरुो ठगीबाट बच्ने खालको रहेको भनी निकै प्रचार गरिएको थियो । तर लामो समयको पर्खाइमा रहँदा पनि कार्यान्वयनमा नआउँदा भने यो संझौता अब […]

वैदेशिक रोजगार संघ र श्रम मन्त्रालयबीच शीतयुद्ध

काठमाडौं । नेपाल–मलेसिया बीचमा द्विपक्षीय श्रम सहमति भएलगत्तै श्रम मन्त्रालय र रोजगारसंघका बीचमा शीत युद्ध सुरु भएको छ । तीन दशकदेखि निरन्तर श्रमिकहरुको काम गरिआएको संघलाई एक पटक पनि सोधखोज नगरी श्रम सहमति गरेकोमा संघले गहिरो असन्तुष्टि व्यक्त गरेको छ । अहिले गरिएको द्विपक्षीय श्रम सहमतिमा पनि नेपाली कामदारहरुका लागि खतराका घण्टीहरु निकै झुण्ड्याइएको, एक […]