हरेक वर्गीय समाजमा वर्गको हित गर्ने पार्टीहरु अलग अलग हुन्छन् । वर्गलाई प्रतिनिधित्व गर्छन् । पार्टीहरुले त्यसै हुनाले एउटा पुँजीवादी व्यवस्थामा एउटा देशमा धेरै पार्टीहरु हुन्छन् र तिनीहरूलाई आफ्नो वर्गीय दृष्टिकोण अनुसार वर्गीकरण गर्न सकिन्छ, गर्नुपर्छ । त्यो दृष्टिले पार्टीहरूको गुण दोषलाई हेर्नुपर्छ । नेपालमा जति पार्टीहरु छन, तिनीहरुलाई तीनवटा किसिममा विभाजित गर्न सकिन्छ अर्थात् नेपालमा तीन किसिमका पार्टीहरु विद्यमान छन् । पार्टी धेरै छन् तर तिनीहरुलाई वर्गीकरण गर्दाखेरि तीनवटामा वर्गीकरण गर्न सकिन्छ —अग्रगामी, यथास्थिति र पश्चगामी । जुन जुन पार्टीहरु अहिलेको पुँजीवाद्ी व्यवस्था छ त्यो व्यवस्थालाई टिकाउा चाहन्छन्, कायम राख्ने पक्षमा छन् त्यसमा परिवर्तन गर्ने पक्षमा छैनन् तिनलाई यथास्थितिवादी भित्र राखिन्छ ।
अहिले नेपालमा जुन पार्टीहरू छन् तीमध्ये नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र लगायतका केही पार्टीहरु अहिलेका यथास्थितिवादी पार्टीहरू हुन् । यी पार्टीहरुका आपसमा अन्तरविरोधहरु जुन देखिन्छन् ती एउटै वर्गका पार्टीभित्रका अन्तरविरोधहरू हुन् । आफ्नै पार्टीलाई सत्तामा पुर्याउनको निम्ति, आफै सत्तामा जानको निम्ति उनीहरू आपसमा सङ्घर्ष गर्छन् । कहिलेकाहीँ त्यो संघर्ष निकै चर्को पनि हुन सक्छ तर वर्गीय रुपमा एउटै भएपछि ढिलो चाँडो उनीहरु मिल्दछन । अहिले सरकारमा रहेका पार्टीहरू र प्रतिपक्षमा रहेका पार्टीहरू बीचको अन्तरविरोध पनि त्यही किसिमको अन्तरविरोध हो तर जब जब यो व्यवस्थामा समस्या उत्पन्न हुन्छ उनीहरू आपसमा एकता कायम गर्छन् ।
अर्को पक्ष हो अग्रगामी पार्टी । । अग्रगामी पार्टीमा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रअरु केही वामपन्थी पार्टीहरू छन् । उनीहरू अग्रगामी छन्, उनीहरु यो व्यवस्थाको विरुद्धमा छन् र यो व्यवस्थाको सट्टा यो भन्दा प्रगतिशील व्यवस्था ल्याउन चाहन्छन् । त्यसो हुनाले उनीहरूको बीचमा चाहिँ फेरि त्यसैको निम्ति व्यवस्था बदलेर यो भन्दा प्रगतिशील योभन्दा अग्रगामी व्यवस्था ल्याउनको निम्ति उनीहरु संघर्ष गर्छन् र त्यो विषयमा विभिन्न स्तरको एकता हुनसक्छ । अहिले नै तिनीहरूको बीचमा पार्टी एकता त भइहाल्ने स्थिति छैन, तर उनीहरूको बीचमा कार्यगत एकता अथवा संयुक्त मोर्चा हुनसक्छ । त्यो प्रयास भइराखेका छन् । कुनै अवस्थामा कुनैबेला ती पार्टीहरूको बीचमा पार्टी एकता पनि हुन सक्छ भन्ने कुरा व्यवहारले पुष्टि गरेको छ । लगातार को छलफल र बहस पछि नेपालका तीनवटा कम्युनिस्ट घटकहरूको बीचमा पार्टी एकता भएको कुरा त्यसको ज्वलन्त उदाहरण हो । यही मङ्सिर १३ गतेदेखि २३ गतेसम्म राष्ट्रिय एकता महाधिवेशन पनि सम्पन्न भयो । र एउटा अग्रगामी प्रतिनिधित्व गर्ने सही सिद्धान्त सही व्यवहार भएको पार्टी—क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल को निर्माण भएको छ । नेपालका प्रगतिशील र वामपन्थी शक्तिहरूले यसलाई समर्थन गरेका छन् । जनताको तहबाट यसको स्वागत भएको छ । यथास्थितिवादी शक्तिहरूले सोचेका थिए कि अब नेपालमा कम्युनिस्टको भविष्य छैन । तर व्यवहारले के स्पष्ट गर्यो भने नेपालमा क्रान्तिकारी कम्युनिस्टहरु एकता गर्दै अगाडि बढिरहेका छन् । र अब भविष्य कम्युनिष्टहरूको छ । यसबाट यथास्थितिवादीहरू र पश्चगामी शक्तिहरू अतालिएका छन् । फेरि उनीहरू भ्रमको खेती गर्न लागिरहेका छन् । संसदमा भएको सबैभन्दा ठूलो दलले सरकार सञ्चालन गर्ने र दोस्रो ठूलो दलले सरकारको विरोध गर्ने र प्रतीपक्षमा बस्ने लोकतान्त्रिक गणतन्त्र अथवा संसदीय व्यवस्थाको एउटा प्रमुख विशेषता मानिन्छ । तर कहिँ नभएको जात्रा हाँडी गाउँमा भनेझैँ नेपालमा प्रमुख दल र प्रमुख प्रतिपक्षी दल दुइटै मिलेर सरकार बनाएका गठबन्धनले सरकार बनेको छ । उनीहरुले यसको निम्ति यो व्यवस्थामा खतरा बढ्दै छ फिर्ता कायम हुन सकेन भन्ने बहाना बनाएर यस्तो प्रकारको सरकार बनाएका थिए तर त्यो सरकारले पनि स्थिरता दिन सकेन र अब त्यो सरकार चाँडै नै फेरि ढल्दैछ भन्ने चर्चा पनि चल्न थालेको छ । ुनेपाली कांग्रेस र एमाले दुवैले अहिले भन्न थालेका छन् । उनीहरूका कार्यकर्ताहरुले पनि भन्न थालेका छन् ।
अब यो एउटा अन्तिम प्रयास थियो दुईटा पार्टी मिलेर सरकार बनाउने । यो व्यवस्था टिकाउनको निम्ति तर अब त्यसबाट पनि यो सरकार टिक्ने अवस्थामा नगएपछि अब यो व्यवस्था अब टिक्दैन भन्ने निष्कर्षमा उनीहरू नै पुग्न थालेका छन् कि अब यो व्यवस्था टिक्दैन भनेर उनीहरू नै भन्न थालेका छन् । त्यसकारण यतिखेर नेपालमा सबैभन्दा चिन्तित अवस्थामा चाहिँ राजनीतिवादीहरू पुगेका छन् । उनीहरु यो व्यवस्थालाई टिकाउनको निम्ति विभिन्न किसिमका हतकण्डाहरु अपनाउँदैछन् त्यसमध्ये एउटा उनीहरु भ्रम पार्ने कोसिस गरिरहेका छन् । केही समय मात्र अगाडि सरकारबाट बाहिरिन बाध्य भएको माओवादी केन्द्रका नेताहरू के भन्न थालेका छन् भने अब वामपन्थीहरु सबै मिल्नुपर्छ । बामपन्थीहरूको बीचमा एकता कायम गर्नुपर्छ । वामपन्थी त छोडेर दक्षिणपन्थीमा गइसकेकाहरूबाट गरिएको यो अपिललाई जनताले पत्याएका छैनन् । र यो उनीहरुले आह्वान आह्वान गरेको उनी एकताको प्रस्ताव छ त्यसप्रति अरु दुईटा दलहरूदेखि बाहेक अरुले समर्थन गरेको पाइएको छैन । त्यसकारण वामपन्थी एकताको नाममा अथवा माओवादीहरु पूर्व माओवादीहरु एकजुट हुनुपर्छ भनेर हल्ला गरेको भरमा यस प्रकारको एकता हुने सम्भावना पनि देखिँदैन । उनीहरुले भ्रम पार्न ल्याएको चाहिँ प्रस्तावलाई हामीले जनताको बीचमा स्पष्ट पार्न जरुरी छ ।
क्रान्तिकारी कम्युनिस्टको बीचमा एकता कायम गर्नुपर्छ भन्ने पक्षमा हामी छौं । र त्यस दिशामा प्रयास गरिरहेका छौं र हाम्रो प्रयास सार्थक हुने सम्भावना पनि देखिन्छ । तर चाहिँ दक्षिणपन्थी शक्तिहरुले जुन वामपन्थी एकता भनेर जो भनिराखेका छन् , त्यो केवल सरकारमा जाने प्रेसर त्यसको निम्ति चाहिँ शक्ति सञ्चय गर्ने एउटा निस्फल प्रयास मात्रै हो भन्ने देखिन्छ ।