पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीको आयोजनामा ४ नम्बर प्रदेश अन्तर्गत कास्की, नवलपुर, तनहुँ र बाग्लुङ जिल्लामा १३२ औं माओ दिवस तथा एकता महाधिवेशनको सन्देश सभा सम्पन्न भएको छ ।
कास्कीकाे पाेखरामा सम्पन्न भएकाे कार्यक्रममा प्रमुख अतिथि हरिभक्त कंडेलले भर्खरै सम्पन्न रास्ट्रीय एकता महाधिवेशनले पास गरेका सैद्धान्तिक, सामरिक र राजनैतिक विषयका बारेमा जानकारी गराउँदै महाधिवेशनले तय गरेका थप बिषयको बारेमा समेत जानकारी गराउनु भएको थियो । माओ दिबसको सन्दर्भमा माओले मार्क्सवाद र लेनिनवादको योगदानलाइ बिकास गर्दै आफ्नो देशको अर्धऔपनेबेसिक र अर्धसामान्ती अबस्थाको देशको अबस्थालाई मनन गरि मौलिक बिशेषता सहितको नयाँ जनवादी क्रान्ति सम्पन्न गरेको बताउनु भयो ।
माओको योगदानको सार्बभौम बुझाइमा एकरुपता कायम रहेकोले माओवाद वा बिचारधाराको बिचको पदावली प्रयोगको बिषयमा मतभेद रहे पनि पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्ससवाद- लेनिनवाद-माओवाद एक मतले पारित गरेको बताउँदै आफ्ना मत सुरक्षित राख्दै निश्चित समय र सन्दर्भमा खुल्ला रुपले छलफलमा जान सकिने बताउनु भयो । त्यस्तै राज्यको पुनर्संरचनाको वारेमा पनि पहिचान सहितको संघीयता भएता पनि खुल्ला बहसमा जान सकिने गरि नीति पारित भएको बताउनु भयो ।
कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का कास्की जिल्ला संयोजक बिश्व प्रकाश लामिछानेले तीन पार्टी बिचको एकताले नयाँ सन्देश दिएको बताउनु भयो । कतिपय सवालहरुमा पोखरामा संयुक्त मोर्चाबन्दी गर्दै आन्दोलन हाँकेको स्मरण गर्दै सबै कम्युनिस्ट एकै ठाउँमा हुनु पर्नेमा जोड दिनु भएको थियो । कार्यक्रममा जसपाका जिल्ला अध्यक्ष हर्क बहादुर गुरुङ, नेकपा (एकीकृत समाजवादि)का पोखरा महानगरका उपाध्यक्ष प्रेम थापा लगाएतले आफ्नो धारणा राख्नु भएको थियो ।
शहीदहरुप्रति एक मिनेट मौन धारण गरी शुरु भएको कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरी बिक्रम थापाको अध्यक्षता, दिपक गुरुङको सनञ्चालन र जिल्ला सहसेक्रेटरी भिम बहादुर श्रीसको स्वागत मन्तब्य रहेको थियो । सामाना साँस्कृतिक परिवारका केन्द्रिय कलाकारहरु काजिबाबु श्रेष्ठ र सुशीला थापाले बिच बिचमा जनवादी गीतहरु समेत प्रस्तुत गर्नुभएको थियो ।
त्यसैगरी नवलपुरकाे कावासाेतीमा पार्टीका केन्द्रीय नेता अशाेक लम्सालकाे प्रमुख आतिथ्यतामा माओदिवस तथा सन्देश सभा सम्पन्न गरिएकाे छ । जिल्ला सचिव उत्तम थापाकाे अध्यक्षता, टिकाराम काफ्लेकाे सञ्चालनमा सम्पन्न कार्यक्रममा धनपति, ज्याेतिनारायण र लेखनाथकाे आतिथ्यता रहेकाे थियाे । कार्यक्रममा नवलपुर इन्चार्ज समेत रहनु भएका अशाेक लम्साल अनुकुल लगायतका वक्ताहरुले माओका याेगदान र ऐतिहासिक एकता महाधिवेशनले गरेका निर्णयहरुका बारेमा चर्चा गर्नुभएकाे थियाे ।
त्यस्तै तनहुँकाे भिमाद बजारमा पार्टीका केन्द्रीय सदस्य बाबुराम सुवेदीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमकाे अध्यक्षता तथा सञ्चालन जिल्ला सचिव नारायण लम्सालले गर्नुभएकाे थियाे । कार्यक्रममा माओका याेगदान र महाधिवेशनकाे बारेमा विशेष चर्चा गरिएकाे थियाे । बाग्लुङमा पनि माओदिवस तथा महाधिवेशन सन्देस सभा सम्पन्न भएकाे छ ।