३ पौष नेपालगन्ज ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललगायत ८ राजनीतिक दलले प्यालेस्टाइनी जनतामाथिको इजरायली नरसंहारकारी कार्यका विरुद्धमा नेपालगन्जका विभिन्न स्थानमा विरोध कार्यक्रमहरु आयोजना गर्ने निर्णय गरेका छन् ।
गत २०८० असौज २० गते तदनुसार २०२३ अक्टोबर ०७ तारिख देखि शुरु भएको हमास र इजायलका बिचमा चलेको युद्ध निरन्तर कायम रहेकोछ । शुरुवातमा हमासद्वारा इजरायलको विरुद्ध आक्रमण गरिएको भएता पनि त्यसपछि इजरायलले प्यालेस्टाईनी राज्यको एक क्षेत्र गाँजापट्टीमा व्यापक सैन्य कारवाही चलाएर प्यालेस्टाईनी जनताहरुमाथि आमहत्या र नरसंहार चलाइरहेकोछ र अहिलेसम्म लगभग पैंतालीस हजार प्यालेस्टाईनी जनताको हत्या भैसकेकोछ ।
इजरायलले प्यालेस्टाइनी जनतामाथि गरेको यस्तो निरन्तरको आक्रमण र दमनको कडा भत्र्सना गर्दै प्यालेस्टाइनी जनताको न्यायपूर्ण संघर्षमा ऐक्यबद्धता व्यक्त गर्न यही पौष ७ गते देखि प्यालेस्टाइनी जनतामाथिको उक्त नरसंहारकारी कार्यका विरुद्धमा विभिन्न विरोध कार्यक्रमहरु आयोजना गर्नका लागि छलफल गर्ने उद्येश्यका साथ बाँके जिल्लामा कार्यरत केही राजनितीक दलहरुको सर्वदलीय बैठक क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बाँके जिल्ला सेक्रेट गुणानिधि आचार्यको अध्यक्षतामा उक्त पार्टी कार्यालयमा बस्यो ।
उक्त बैठकमा नेकपा (मा के), नेकपा (मसाल), नेकपा, नेकपा एस, वैज्ञानिक समाजवादी पार्टी , जसपा, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, राजमो लगाएत पार्टीका प्रतिनिधिहरुको उपस्थित थियो ।
उक्त वैठकमा विषेश उपस्थित पुर्व उप सभामुख तथा मा के बाँके जिल्ला इन्चार्ज पुर्णा सुवेदी नेकपा (मसाल) नेता कृष्ण पाण्डे र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका के. स. ६ नं प्रदेश संयोजक दिपक शाहीको थियो ।
बैठकमा उपस्थित सबै सहभागि प्रतिनिधिहरुले एकै स्वरमा अमेरिका लगायत पश्चिमी साम्राज्यवादी शक्तिहरुको सहयोग र समर्थनमा इजरायली राज्यद्वारा प्यालेस्टाईनी जनताहरु विरुद्ध भैरहेको उक्त आक्रमण, दमन र हत्याको हदैसम्म कडा शव्दम भत्र्सना गर्दछौं र उत्पीडित प्यालेस्टाईनी जनताहरुको न्यायिक संघर्षमा जोडदार ऐक्यवद्धता व्यक्त गर्दछौं भनेका छन् ।
बैठकले यही पौष ७ गते देखि बाँके जिल्लाका विभिन्न स्थानमा नेपालगन्ज वजारको धम्बोझि, त्रिभुवन चोक, पुस्पलाल चोक, कोहलपुर चौराह, खजुरा, राप्तिसोनारि, लगाएतमा हस्ताक्षर र विरोध कार्यक्रम गर्ने निर्णय गरेकोछ ।