एकता महाधिवेशनको प्रचार प्रसार तीव्र, नाकाहरुमा होडिङ बोर्ड, सडकका भित्ताहरुमा वाल पेन्टिङ

एकता महाधिवेशनको प्रचार प्रसार तीव्र, नाकाहरुमा होडिङ बोर्ड, सडकका भित्ताहरुमा वाल पेन्टिङ

काठमाडौं । मंसिर १३ देखि २३ सम्मको पार्टी एकता महाधिवेशन नजिकिदै जाँदा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले महाधिवेशनको प्रचार प्रसारलाई तीव्र पारेको छ । महाधिवेशनको प्रचारको क्रममा नाकाहरुमा होडिङ बोर्डहरु झुण्ड्याइएका छन् भने सडकमा भित्ताहरुमा महाधिवेशनका मूल नाराहरुसहित वाल पेन्टिङ गरिएको छ । काठमाडौं उपत्यका लगायत प्रदेश ३, ५, ४, १ लगायत सबै प्रदेश र जिल्लाहरुमा वालपेन्टिङ र होडिङ बोर्ड झुण्ड्याउने कार्यलाई तीव्र पारिएको छ ।

महाधिबेशनको प्रचार प्रशारको क्रममा हालै रुपन्देहीको सुनौली नाका र बुटवल बसपार्कमा पनि होडिङ बोर्ड राखिएको छ । रुपन्देहीको बुटवल क्षेत्रको मूल सडकका भित्ताहरुमा पनि भित्ते लेखन सम्पन गरिएको छ । त्यसैगरी रुपन्देही र पाल्पाको सिमाना सिद्धबाबा क्षेत्रमा पनि भित्ते लेखन गरिएको छ । यसैगरी शुक्रबार र शनिबार काभ्रेका पनि विभिन्न स्थानमा होडिङ बोर्ड टाँसिएको छ भने भित्ते लेखन पनि गरिएको छ ।

यसअघि दर्जनौं ठाउँमा होडिङ बोर्ड राखिएको छ भने ठाउँ ठाउँमा वाल पेन्टिङ गरिएको छ । “राष्ट्रिय एकता महाधिवेशन भव्य रुपमा सफल पारौं, नयाँ जनवादको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अगाडि बढौं !” भन्ने मूल नारालाई होडिङ बोर्ड तथा भित्ते लेखनमा उल्लेख गरिएको छ ।


यसैबिच, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले आजै साँझ ७ बजे जुममार्फत् महाधिवेशन प्रचार प्रसार समितिको भर्चुअल बैठकको आयोजना गरेको छ ।