क्रान्तिकारी कम्युनिस्ट पार्टी, नवलपरासीद्वारा प्रधानमन्त्री समक्ष ११ बुँदे ज्ञापन पत्र

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नवलपरासीद्वारा प्रधानमन्त्री समक्ष ११ बुँदे ज्ञापन पत्र

नवलपरासी–क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल नवलपरासीले जिल्ला प्रशासन कार्यालय नवलपरासी मार्पmत प्रधानमन्त्रीलाई ११ बुँदे ज्ञापन बुझाएको छ । मंगलबार पार्टीको केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाको नेतृत्वमा परासी पुगेको केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेय सहितको टोलीले सो ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा भ्रष्टचारीलाई कारवाही, २०४६ पछिका उच्च ओहदामा रहेको व्यक्ति तथा जनप्रतिनिधिहरुका सम्पत्ति छानबिन, मिटरब्याज तथा लघुवित्त पिडितको माग पुरा गर्नुपर्ने, सहकारी ठगीमा संलग्न सबै पहुचवालाहरुलाई कारवाहीका साथै शिक्षा, स्वास्थ्य, रोजगार, कृषि क्षेत्र र विकास निर्माणमा भएका ढिलासुस्तीको अन्त्यको माग समावेश गरिएको सेक्रेटरी पाण्डेयले जानकारी दिनुभयो । त्यस्तै ज्ञापन पत्रमा वर्तमान राजनैतिक संकट हल गर्न संयुक्त राजनैतिक सम्मेलन, देशभक्तहरुको बीचमा संयुक्त मोर्चा, संयुक्त अस्थायी सरकार र जनसंविधान निर्माणको पहल गर्नुपर्ने, लिम्पियाधुरा, लिपुलेक कालापानी क्षेत्र फिर्ता गर्नुको साथै सिमा समस्या हल गर्नुपर्ने लगायतका माग समेत रहेको छ । ज्ञापन पत्रमा माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिदै अन्त्यमा भनिएको छ ‘यो संकटलाई एउटा नयाँ र अग्रगमनकारी व्यवस्थामा बदल्नु हरेक सचेत नेपाली नागरिकको अहम् कर्तव्य हो । यो ज्ञापन पत्रमा राखिएका तमाम मागहरु यथाशीघ्र कार्यान्वयन गरियोस् । यसलाई वेवास्ता गरिएमा हामी चरणबद्ध आन्दोलन कार्यक्रममा सार्वजनिक गर्न बाध्य हुनेछौँ ।’
ज्ञापन पत्र बुभ्mदै जिल्ला प्रशासन कार्यालय नवलपरासी(ब.सु.प.)को प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठ जिल्लाको सापेक्षतामा भएका मागहरुलाई आफुले पुरा गर्न प्रयत्न गर्ने र ज्ञापन पत्रलाई प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा पठाउने प्रतिबद्धता व्यक्त गर्नु भयो । सो अवसरमा जिल्ला ईन्चार्ज थापाले प्रशासनको तर्पmबाट पुरा गर्न सकिने जनताको मागहरुलाई तत्काल सम्बोधन गर्न ध्यानाकर्षण गराउनुभएको थियो भने जिल्ला सेक्रेटरी पाण्डेयले माग पत्रलाई बाचन गर्नुभएको थियो । कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका जिल्ला स्तरीय नेताहरु गणेश बहादुर ढकाल, प्रेम लाल रिमाल, राम बहादुर अर्गेजा, गोविन्द बहादुर साठीघरे मगर लगायतको सहभागिता रहेको थियो ।