ईश्वरीप्रसाद गैरे,
घोराही,दाङ/१७, भदौ
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय कार्यक्रम अन्तरगत राष्ट्रघात, जनघात, तथा भ्रष्टाचार विरुद्ध विरोध सभा दाङमा पनि आज सम्पन्न भएको छ । दाङ जिल्ला पार्टीको आयोजनामा घोराहीको तुलसीपुर चोकमा कोणसभा सम्पन्न भएको हो ।
उक्त कोणसभालाई सम्बोधन गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल महाधिवेशन आयोजक समितिका सचिवालय सदस्य शशिधर भण्डारीले मुलुक अहिले गम्भीर मोडमा पुगेको र देशका शासकहरू विभिन्न अपराधिक काण्डमा मुछिएका ब्यक्तिहरूबाट राज्य सञ्चालन रहेको अबस्थामा जनताको हित अनुकूल यो सरकारले कुनै काम नगरेको बताउनुभयो । उहाँले अहिलेको सरकार मात्र होइन यो राज्य ब्यबस्था नै दलालहरूको भएकोले यिनीहरूबाट राष्ट्र, राष्ट्रियता र जनजिविकाका बारेमा केही गर्न नसक्ने कुरा राख्दै अबको आन्दोलन पार्टी फेर्ने होइन ब्यबस्था फेर्ने हुनपर्छ भन्नुभयो ।
सोही कोणसभामा पार्टीका दाङ जिल्ला इञ्चार्ज नारायण योगीले अपराधीहरूलाई संसदमा पठाएर जनताले ठुलो भुल गरेको कुरा राख्दै आगामी दिनमा यी दलालहरूलाई लखेटेर मात्रै देश जनता स्वाधीन हुने बताउँदै सम्पूणर् जनतालाई आन्दोलनमा उत्रन आह्वान गर्नुभएको थियो । उहाँले मिटरब्याज पीडिटहरू, दलालबाट ठगिएकाहरू, राज्य सम्यन्त्रले पीडित पारेकाहरू एक जुट भई समयमै चिनेर आन्दोलनको आँधीबेहरी सृजना गरि यो राज्य ब्यबस्था परिवर्तन गरेरमात्र आम जनताले मुक्ति पाउने हुदा सम्पुणर् बिद्यार्थी किसान मजदुरहरूलाई आन्दोलनमा होमिन आग्रह गर्नुभयो ।
अर्का वक्ता अखिल (क्रान्तिकारी) केन्द्रीय कार्यालय सदस्य दिपक बिष्टले मन्तब्य राख्दै शिक्षा प्रणाली दलालहरूको हातमा पुगेको, युवाहरू विदेश पलायन भएकाले विद्यालय कलेज धमाधम बन्द हुँदै गएको बताउनुभयो । उहाँले देशलाई यो अबस्थामा पुर्याउने को हुन् भनेर समयमै चिन्न र जनताले तिनलाई नठोक्दासम्म यो राज्यब्यबस्था नसुध्रने बताउनुभयो ।
कार्यक्रम सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल दाङ जिल्लाका सह संयोकज तिलक बि क ले गर्नु भएको थियो ।