चितवन । जनयुद्धको जगमा आएको परिवर्तनका विरुद्ध प्रतिक्रान्तिकारी षडयन्त्र तिब्र बनिरहेको बेला चितवनमा सहिदहरुको आदर्शिकरणको पक्षमा सहिद अनिसको स्मृतिमा बाटोको नामाकरण गरेको छ । अनिस भनेर चिनिने मिनबहादुर कुवँर कमरेड प्रतिक्षाको घर रहेको भरतपुर महानगरपालिका वडा न ४ स्थित सरस्वती टोल विकास संस्थाले परमानन्द चोक देखि हस्पिस चोक सम्मको मार्गलाई अनिस स्मृति मार्ग नामाकरण गरेको हो ।
तत्कालीन माओवादी पार्टीले शान्तिप्रकृयामा आउने बित्तिकै २०६३ मै सो बाटोको नाम अनिस स्मृति मार्ग नामाकरण गरेता पनि त्यो नाम औपचारिक प्रयोगमा रहेको थिएन । हाल आएर टोलबिकास संस्थाले आफ्नो क्षेत्रमा रहेका मार्गहरुको नामाकरण गर्ने क्रममा सहिद अनिस स्मृति मार्ग नामाकरण गरेको प्रती क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल , भरतपुर महानगर समितिले एक कार्यक्रमको आयोजना गरि टोल विकास संस्थालाई धन्यवाद ज्ञापन गरेको छ ।
पार्टी केन्द्रिय सचिवालय सदस्य एवम् क्रान्तिकारी महिला संगठनका केन्द्रिय अध्यक्ष अम्बिका मुडभरी , पार्टी केस एवं जिल्ला इन्चार्ज क. विकास , सहिद अनिसका आमा बुबा सरस्वती कुवँर र खड्ग बहादुर कुवँर सहित परिवारका आफन्तहरु , सरस्वती टोल विकास संस्थाका अध्यक्ष गोबिन्द खरेल , पूर्व अध्यक्ष इन्दिरा सापकोटा सहित टोलका स्थानीय सहित पार्टीका नेता कार्यकर्ता सहभागी कार्यक्रमको सञ्चालन केन्द्रिय सल्लाहकार एवं महानगर संयोजक बाबुराम प्यासिले गर्नु भएको थियो ।
कार्यक्रममा अनिस सहित ज्ञात अज्ञात सहिदहरु प्रति एक मिनेट मौनधारण गरिएको थियो । टोलविकास संस्थाका तर्फबाट गोविन्द खरेल र इन्दिरा सापकोटाले अनिसले देश र जनताका पक्षमा लडदा लडदै विरगती पाएको र अहिलेको परिवर्तन अनिसहरुको बलिदानकै प्रतिफल भएकोले आफुहरुले सम्मानस्वरुप बाटोको नामाकरण गरेको बताउनु भयो ।
जनमुक्ति सेना नेपालका विशेष कार्यदल (स्पेसल टास्क फोर्स ) का प्लाटुन कमान्डर अनिसको २०६० मंसिर २६ का दिन रुपन्देही जिल्लाको बाँसगढिमा सहादत भएको थियो ।