काठमाण्डौ – क्रान्तिकारी कम्युनिस्ट पार्टी बुढानिलकण्ठ नगर समितिको प्रथम एकता सम्मेलन भएको छ ।
सम्मेलनले सेक्रेटरीमा ज्वाला, सह–सेक्रेटरीम दीप र सुहाङ्ग र सदस्यहरु क्रमश रिद्दि, कफेस, विकल्प , हरि , आशिका र पछि एक थप हुनेगरि नौं सदस्यीय समिति गठन गरेको हो ।
सम्मेलनमा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सचिवालय सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज पुस्कर अतिथिहरु पार्टीको केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक प्रकाश् सह संयोजक हेमन्त, टोखा नगर सेक्रेटेरी कृष्ण को उपस्थिति रहेको थियो । उक्त सम्मेलन उद्घाटन सत्रको संचालन नगरको पुर्व सचीव सुहाङ्गले गर्नु भएको थियो भने समापन ज्वालाले गर्नु भएको थियो । प्रमुख अतिथि क. पुस्कर र अतिथि प्रकाशले प्रशिक्षण मुलक मन्तव्य राख्नु भएको थियो भने बन्दसत्रको संचालन र नयाँ समितिको छनोट प्रक्रियाको कार्य संचालन हेमन्तले गर्नु भएको थियो।