दाेर्ण केसी/तुलसीपुर, १८ असार
दाङकाे तुलसीपुरमा मंगलबार आएकाे बर्साका कारण खाेलामा अाएकाे बाढीले बगाउँदा एक महिलाकाे मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–३ मा रहेको सल्यान राेडमा पर्ने गोठीखोलाले बगाउँदा एक जना महिलाको मृत्यु भएको हाे।
इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाश थापाले दिएकाे जानकारी अनुसार मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका – ३ रानागाउँकी ५१ वर्षीय ताराकुमारी गुरुङ रहेक छिन् । उनलाई मंगलबार दिउँसो खोलाको छेउमा रहेको आफ्नै खेतको आली बनाउने क्रममा एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएको हाे । शवलाई पोस्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ। दाङमा नियमित भइरहेको वर्षाका कारण खोलाहरुमा बाढी समेत आएको छ ।