सप्तरीमा दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमण : चारवटा दलित संगठनको कडा विरोध

सप्तरीमा दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमण : चारवटा दलित संगठनको कडा विरोध

काठमाण्डौ । सप्तरीमा दलित परिवारमाथि आफ्नो थातथलोबाट विस्थापित गर्ने उद्देश्यले सांघातिक आक्रमण गरिएको छ । सप्तरी जिल्ला डाक्नेश्वरी नगरपालिका वडा न ६ फत्तेपुर टोलमा २०८१ असार १ गते दिउँसो २ बजेको समयमा पृतम पासवान परिवार वसिरहेको स्थानबाट विस्थापन गर्ने योजना सहित पूर्व क्षेत्रपाल हरिसुद यादब समुहले घरेलु हातहतियार प्रयोग गरेर आक्रमण गरेको हो ।

करिब २० वर्षदेखि सो ठाउँमा बस्दै आएको पासवान परिवारलाईहरि सुदन यादव रोशन यादव,निरज यादव,राम यादव,विवेक यादव,ऋषि यादव,रोहित यादव लगायत ११÷१२ जनाको समुहले खुकुरी, लाठी,चिरपट, हँसिया, फलामका रड लगायत घरेलु हतियार सहित आई घरमा बसिरहेका प्रितम पास्मान,मुसनी देवी पासमान, रञ्जित पासवान,सरिता देवि पासमान,रितु पासमान,राखि पासमान,लगायतलाई एक्कासि अन्धाधुन्ध ज्यानै लिनेगरि कुटपिट गरि घरसमेत भत्काइएको थियो । सो लगत्तै प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यलय सप्तरी पुगेका पासमान परिवारको ९ दिनसम्म उजुरी लिएको छैन ।

सो ६ जना परिवार मध्यै ४ जनाको अवस्था गम्भिर रहेको र उनीहरुको उपचारका लागि राजविराज लगिएको बताईको छ । सप्तरीमा भएको दलित परिवारमाथि यादव समूहको सांघातिक आक्रमण भएको छ । बचाउमा जनमत पार्टीका मधेश प्रदेश संसदिय दलका नेता महेश यादव लागेको परिवारले आरोप लगाएको छ । आईतबार क्रान्तिकारी दलित राजनीतिक संगठनले काठमाडौंको संवाद डबलीमा आयोजना गरेको कार्यक्रममा दलित संगठनले समेत सो कुराको दाबी गरेका छन् ।
पीडित रञ्जित कुमार पासवानले हरिसुदन यादबको नेतृत्वमा १०–१२ जनाको हतियारधारी समुहले आक्रमण गरेर आफूसहित छ जनाको परिवारलाई गम्भीर घाईते बनाएको थियो ।

सो ६ जना परिवार मध्यै ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचारका लागि राजविराज लगिएको बताईको छ । टाउकोमा १४ टाँका लगाएर पत्रकार सम्मेलनमा उपस्थित भएका पासवानले प्रश्न गरे,“हामी दलितको कोखबाट जन्मनु अपराध हो सरकार, हामी गरिब र होचा निमुखाको कहिल्यै दिन आउँदैन ।” आक्रमण भएलगत्तै प्रहरीकहाँ पुग्दा पनि उसले कुनै प्रतिक्रिया नदिएको बताउँदै ९ दिनसम्म जाहेरी नलिएको र उल्टै आफूरुलाई फसाउन जनमत पार्टी नेता महेस यादब लागेको पासवानले आरोप लगाए । पासवानले न्यायका लागि काठमाडौं पुगेर हल्ला गरे थप आक्रमण गर्ने धम्कि आउन थालेको पत्रकार सम्मेलनमा बताए .

 
सप्तरीको यो घटनाले नेपालमा तल्लो जाति बनाइएकाहरुले कथित माथिल्लो जातिहरुबाट सहनु परेको उत्पीडनलाई बताउँदछ । दलितहरुलाई अहिले पनि समाजमा कुन रुपमा व्यवहार गरिन्छ रु भन्ने देखाउँछ । पीडितलाई तत्काल न्याय दिन र पीडिकलाई कानुनी कारबाहीको दायरामा ल्याउन तत्काल ध्यान जान जरुरी छ ।