क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बिच स्याङ्जा जिल्लाको एकता अधिबेशन सम्पन्न

 

स्याङ्जा , ४ असार । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय र प्रदेश तहमा एकता भए सङ्गै जिल्ला तहमा पनि एकता अधिबेशनको कार्य सम्पन्न हुँदै आएको छ । यसै सिलसिलामा नेकपा(मशाल) र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका बिच स्याङ्जा जिल्लाको एकता अधिबेशन पनि आज सम्पन्न भएको छ । अधिबेशनले कामरेड लाल बहादुर रानाको सम्योजन र कामरेड शारदा शाहको सहसम्योजनमा २५ सदस्यीय क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्याङ्जा जिल्ला सङ्गठन समिति घोषणा गरेको छ । एकता अधिबेशनको उत्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश सम्योजक कामरेड चिन्तामणी शर्माले गर्नु भएको थियो । उत्घाटन मन्तब्य राख्दै पार्टी एकताको सन्देशले आम शोसित पीडित जनतामा उत्साह छाएको बताउनु भयो । आज क्रान्तिकारी शक्तिहरु ध्रुवीकरण र एकताको प्रक्रियामा लागेकोले क्रान्तिकारीहरुलाई उत्साह पैदा गरेको र प्रतिक्रियावादी र सम्सदबादी शक्तिहरु थर्कमान भएको बताउनु भयो । यो एकता वास्तबमा बिगतको टुटेको कडिलाइ जोड्ने एकता समेत भएकोले भावानात्मक एकता पनि भएको बताउनु भयो । कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य तथा ४ नम्बर प्रदेश सहसम्योजक तथा प्रदेश कार्यालय सचीव कामरेड आकाश गौतमले सङ्ख्या र नामावली प्रस्तुत गर्दै जनताको बिचमा गएर जनताको दु:ख सुखको साथी हुन र हरेक अप्ठ्यारोमा लाग्नको लागि शुभकामना दिनु भएको थियो । कार्यक्रममा अर्का बक्ता केन्द्रीय सचिवालय सदस्य तथा युवा स्वयंसेवक सङगठनका ४ नम्बर प्रदेश इन्चार्ज कामरेड अनन्त केसिले युवाहरू अनुसाशित र सम्यममित हुन र स्थानिय र रास्ट्रीय अंतर्विरोधमा सचेतपुर्ण ढंगले लाग्नको लागि अपिल गर्नु भयो । कार्यक्रममा अर्का बक्ता पार्टीका केन्द्रीय सदस्य तथा शिक्षा, स्वास्थ्य, बिज्ञान र प्रबिधि बिभागका ४ नम्बर प्रदेशका इन्चर्ज कामरेड दलसिङ्ग खत्रीले अबको राजनिती परंरागत ढंगले नचल्ने र प्रबिधिको समुचित प्रयोग अपरिहार्य भएको बताउदै नेपालमा यो दलाल सत्ताको कारण शिक्षा र स्वास्थ्य महङ्गो भएको र निम्न बर्गका जनताले त्यो सुबिधाबाट बन्चित हुन पुगेको बताउदै संघर्षको आबस्यकता भएकोमा जोड दिनु भयो । सहिदहरु प्रती १ मिनेट मौनधारण गरि शुरुभएको जिल्ला एकता अधिबेशनको नेकपा ( मशाल )का स्याङ्जा जिल्ला सेक्रेटरी कामरेड लाल बहादुर रानाको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सन्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका सम्योजक कामरेड शारदा शाह र स्वागत नेकपा( मशाल) स्याङ्जा जिल्ला प्रबक्ता कामरेड होम बहादुर रानाले गर्नु भएको थियो ।