क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच रामग्राममा एकता

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) बीच रामग्राममा एकता

 नवलपरासी :

क्रान्तिकारी कम्युनिस्ट पार्टी,नेपाल रामग्राम नगर समिति र नेपाल कम्युनिस्ट पार्टी (मशाल) रामग्राम नगर समिति बीच रामग्राम- १४ मा बुधबार एकता घोषणा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी अनुशासन र बिधिलाई मानेर अगाडि बढनुपर्ने औल्याउनुभयो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पान्डेयले जिल्लाको जनसंघर्ष र बर्गसंघर्ष लाई उठान गर्ने उल्लेख गर्दै भ्रष्टाचार विरुद्ध अभियान संचालन भइरहेको जानकारी गराउनुभयो । कार्यक्रम नगर संयोजक अरुणको अध्यक्षता नगर इन्चार्ज जय फुल्लाह हसनको स्वागतमा भएको थियो । कार्यक्रममा पार्टीका जिल्ला सह संयोजक भिम छ्न्याल, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक सन्देश सापकोटालगायतले मन्तव्य राख्नुभयो । एकता घोषणा कार्यक्रममा दिइएको जानकारी अनुसार एकता अधिबेशनले अरुणको संयोजकत्वमा ११ सदस्यीय नगर सङ्गठन समिती निर्वाचित गरेको छ । जिल्लाका सात पालिका मध्ये ५ वटामा पार्टी एकता भएको र बांकी २ वटा पालिकामा यथाशिघ्र एकताको कार्यक्रम हुने सो पार्टीले जनाएको छ ।