क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा ( मशाल ) बिच कास्की जिल्लाको एकता अधिबेशन सम्पन्न 

 

पोखरा, ३२ जेष्ठ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा ( मशाल ) बिच कास्की जिल्लाको एकता अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले कामरेड सुजनको संयोजकत्वमा ७९ सदस्यीय जिल्ला सङ्गठन समिति निर्माण गरेको छ । त्यस्तै सहसम्योजकहरुमा कामरेड बिक्रम थापा, भिम श्रीस र रबिन्द्र राइलाइ चयन गरेको छ ।


एकता अधिबेशनको उद्घाटन प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका केन्द्रीय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेश इन्चार्ज कामरेड हरिभक्त कंडेलले पार्टीको झण्डा फर्फराएर गर्नुभएको थियो । उद्घाटन मन्तब्य राख्दै यो पार्टी एकताले प्रतिक्रियावादी र सम्सदबादी शक्तिहरुको मुटुमा ढेङ्ग्रो बजाएको बताउँदै यो एकता बिगतको टुटेको कडिलाइ जोड्ने एकता समेत भएको र सैद्धान्तिक र कार्य शैलिगत रुपमा एकरुपता कायम भएका दल, समूह र ब्यक्ति समेतको एकता आजको आबस्यकता रहेकोमा जोड दिनु भयो ।

त्यस्तै कार्यक्रमका बिशेष अतिथि केन्द्रिय कार्यालय सदस्य तथा ४ नम्बर प्रदेशका सम्योजक कामरेड चिन्तामणी पौडेलले यो एकता सामान्य रुपमा नभै आजको बस्तुगत आबस्यकताले सृजना गरेको एकता भएको बताउनु भयो । लामो समय सम्म भएको एकताको प्रयास र सैद्धान्तिक विषयमा आएको बुझाइको एकरुपताले यो एकता सम्भब भएको बताउनु भयो तर हामिहरु बिचमा कतिपय कार्यनैतिक मुद्दाहरुमा मतभेद रहेको समेत बताउदै ती मतभेदलाई सहि रुपमा ब्यबस्थापन गरिएकोले त्यसले सैद्धान्तिक र बैचारिक तहमा कुनै प्रभाव नपार्ने बताउनु भयो । आज मसाल समुहले गरेको अराजनीतिक प्रचारको भ्रम तोड्नु पर्नेमा समेत जोड दिनु भयो ।
कार्यक्रममा केन्द्रीय सचिवालय सदस्य, ४ नम्बर प्रदेश सह संयोजक तथा कास्की जिल्ला इन्चार्ज कामरेड केस बहादुर परियार , केन्द्रीय सचिवालय सदस्य तथा ४ नम्बर प्रदेश सहसम्योजक कामरेड आकाश गौतम,केन्द्रीय सचिवालय सदस्य तथा युवा स्वयंसेवक सङगठनका ४ नम्बर प्रदेश इन्चार्ज कामरेड अनन्त केसि र महिला नेत्री कामरेड लक्ष्मी खड्काले एकता अधिबेशनको सफलताको शुभकामना दिनु भएको थियो ।
सहिदहरु प्रति १ मिनेट मौनधारण गरि शुरुभएको जिल्ला एकता अधिबेशनको क्रान्तिकारी कम्युनिस्ट पार्टी कास्कीका जिल्ला सम्योजक कामरेड सुजनको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रमको सन्चालन नेकपा( मशाल) का जिल्ला सेक्रेटरी कामरेड बिक्रम थापा र स्वागत मन्तब्य क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला सहसंयोजक कामरेड भिम श्रीसले गर्नु भएको थियो । कार्यक्रममा रक्तिम सास्कृतिक अभियानका कलाकारहरुद्वारा प्रस्तुत क्रान्तिकारी गीत र नृत्यले रौनकता प्रदान गरेको थियो ।