२६ चैत्र काठमान्डौ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सम्वद्ध राष्ट्रिय उद्योग तथा व्यापार संघ काठमाडौंको प्रथम जिल्ला भेला सम्पन्न गरिएको छ ।
राष्ट्रिय उद्योग तथा व्यापार संघका केन्द्रीय अध्यक्ष जितेन्द्र दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त भेलामा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका जिल्ला इन्चार्ज पुष्कर , क्रान्तिकारी ट्रेड युनियन महासंघका सह—संयोजक ईश्वर तिमल्सिनाको बिशेष आथिथ्यता थियो ।
उक्त भेलाकका अन्य अतिथिहरुमा प्रकाश ,बालकृष्ण , ठाकुर तिमल्सिना हुनुहहुनथ्यो ।
भेलाको अध्यक्षता नवराज ढकालले गर्नु भएको थियो भने संचालन भिम तामाङले गर्नु भएको थियो ।
भेलाले नवराज ढकालको संयोजकत्वमा २१ सदस्यीय काठमान्डौ जिल्ला कमिटी निर्माण गरेको छ ।