१८ फागुन दाङ ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय कार्यालयले यही फागुन १४ देखि २१ गतेसम्म विभिन्न कार्यक्रम गरी सहीद सप्ताह मनाउने निर्णय गरे अनुसार दाङ जिल्ला पार्टीको आयोजनामा सहीद तथा वेपत्ता योद्धा परिवारलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरियो ।
६ नं. प्रदेश सदस्य शिशिरले संचालन गर्नु भएको उक्त कार्यक्रमको अध्यक्षता जिल्ला संयोजक नबिनले गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि ६ नम्बर प्रदेश सह–संयोजक तथा दाङ्ग जिल्ला इन्चार्ज समिर हुुुुनुहुन्थ्यो ।
एक मिनट मौनधारण गरी शहीदहरु प्रति श्रद्धान्जली अपर्ण गरिएको उक्त कार्यक्रममा स्वागत मन्तब्य घोराही उ. म. न.पा.संयोजक हिमालले दिनु भएको थियो ।
शहीद तथा वेपत्ता योद्धा परिवारलाई अबिरबरण गर्दै सम्मान पत्र दिइएको थियो । कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि तथा अन्य अतिथिहरुबाट मन्तब्य व्यक्त गरिएको थियो भने शहीद परिवारको तर्फबाट सुन्दरलाल चौधरीले आफ्नो मनतव्य राख्नु भएको थियो ।