क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा सहिद सप्ताहको उद्घाटन : क्रान्ति र वलिदानको चर्चा

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा सहिद सप्ताहको उद्घाटन : क्रान्ति र वलिदानको चर्चा

१४ फागुन २०८०, अत्तरखेल, काठमाडौ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले शहीद सप्ताहको भव्य उद्घाटन सम्पन्न गरेको छ । कार्यक्रममा क्रान्ति र शहीदहरुको बलिदानमाथि चर्चा भएको थियो । डल्फिन कार्पेट, अत्तरखेल, काठमाडौमा महासंघका संयोजक दिनेश शर्माले शहीद सप्ताह कार्यक्रमको उद्घाटन गर्नुभएको हो । उक्त उद्घाटनमा वसन्त बोगटी, कुमार घताने, सरोज न्यौपाने, अर्जुन बोगटी, युवराज थापा, सुजाता रोका, केशव बुढाथोकी, राजन दाहाल, लक्ष्मिराम दंगाल सहित महासंघका केन्द्रीय नेताहरूको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासंघका संयोजक दिनेश शर्माले परिवर्तन स्वस्फूर्त सम्भव नहुने र त्यसका लागि सचेत विचार, जुझारु पार्टी संगठन, नेतृत्व र आन्दोलन चाहिन्छ । त्यसले महान वलिदानको माग गर्ने स्पष्ट गर्नुभयो । ‘जनयुद्ध र यो परिवर्तन यसै सम्भव भएको होईन, यो क्रान्तिकारी विचारद्वार लैस पार्टी, संगठन र नेतृत्वको दृढ संकल्प, महान शहिदहरुको वलिदानद्वारा सम्भव भएको हो । दिलबहादुर रम्तेलहरुको वलिदानद्वारा सम्भव भएको हो । तत्कालीन ट्रेड युनियन महासंघका उपाध्यक्ष शम्भु पौडेल सहित ३८ जना साथिहरुको शहादत, तत्कालीन महासचिव कृष्ण प्याकुरेल सहित २७ जना साथीको अपहरण एवं हजारौं पार्टी नेता कार्यकर्ताको वलिदानबाट सम्भव भएको हो ।’

महासंघले यस वर्षको शहीद सप्ताह कारखाना जाऔं अभियानसँग जोडेर मनाउने निर्णय गरेको छ ।