काठमाडौं । क्रान्तिकारी युवा संगठन नेपालका केन्द्रीय सदस्य तथा कास्की जिल्ला संयोजक सुर्य परियारलाई प्रहरीले विनाकारण पक्राउ गरेकाे छ ।
आज उनलाई पोखरा औद्योगिक क्षेत्र नजिकबाट जिल्ला प्रहरी प्रशासनले पक्राउ गरेको हो ।
क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट युवा संगठन क्रान्तिकारी युवा संगठनले चरणबद्ध रुपमा देशका विभिन्न ठाउँहरुमा भ्रष्टाचारी विरुद्धकाे सडक संघर्षमा भ्रष्टाचारीलाई कालोमोसो दल्दै आएको छ ।
यसैबीच, संगठनका केन्द्रीय संयाेजक हरिश भट्टले एक विज्ञप्ती जारी गर्दै विना कारण पक्राउ गरिएकाे भन्दै केेस सुर्य परियारलाई तत्काल रिहा गर्न जाेडदार माग गरेका छन् ।