एक्दमै ठिक छ

एक्दमै ठिक छ

शनिबारीय साहित्य : कविता

*** ***

 

झुपडी छाडेर, महलमा सरिसकेपछि,

सिमान्तहरूसँग, नाता ताेडिसकेपछि,

काैशीबाट,

भूँईमान्छे हेर्न पनि त लाज लाग्दाे हाे !

विचार र वर्ग छाेडिसकेपछि !

यस्ताेमा,

पहिचान र चिनारी कति दिन टिक्छ !

साथी,

तिम्राे पहिचान फेर्ने कुरा, एक्दमै ठिक छ !

दूध भएपाे लाग्छ तर्,

अाफैंले लथालिङ्ग पारेको घर,

जरा बिनाको बर,

सधैंको धरमर, धरमर

कहिले इधर,

कहिले उधर

संसाेधनवादी फ्युजन !

निमुखाहरूकाे अस्थिमाथि ठड्याईहाल्याै घर !

 

इमान छाडेपछि, स्वाभिमान भागिहाल्छ नि

मिठाे मसिनोकाे लाेभ त जागिहाल्छ नि

कति बाेक्ने याे नामकाे भारी

लालचकाे सामु न्याय कहाँ टिक्छ

साथी

तिम्राे नाम बदल्ने कुरा एक्दमै ठिक छ

शिखरबाट मैदान झरिसकेपछि,

सृजनशीलताकाे नाउमा

मनलाग्दी गरिसकेपछि

अाफ्नाे गाेजेराे भरिसकेपछि,

याे नाम मात्रकाे भ्रम कतिदिन छर्नु

दुनियाँकाे दुःख, पिडा

सम्झि सम्झि कति मर्नु

नामलाई बदनाम गरेपछि काे पाे टिक्छ

साथी,

तिम्रो याे नाम बदल्ने कुराे

एक्दम ठिक छ !

चितवन, २०८०/११/४