क्रान्तिकारी युवा संगठन प्रदेश ३ को एकता भेला सम्पन्न, असल वाइवाको संयोजकत्वमा २१ सदस्यीय कमिटि निर्वाचित

क्रान्तिकारी युवा संगठन प्रदेश ३ को एकता भेला सम्पन्न, असल वाइवाको संयोजकत्वमा २१ सदस्यीय कमिटि निर्वाचित

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको सहायक संगठन क्रान्तिकारी युवा संगठनको प्रदेश ३ को एकता भेला सम्पन्न भएको छ । एकता भेलाले असल वाइवाको संयोजकत्वमा २ सदस्य पछि थप्ने गरी २१ सदस्यीय प्रदेश कमिटि निर्वाचित गरेको छ । जसमा संयोजक– असल वाइवा, सहसंयोजक– विलबहादुर तमाङ, हरि विक र विकल्प रहनु रहनु भएको छ ।

त्यसैगरी सदस्यहरुमा रामशरण केसी, किरण सिटौला, इन्द्र नगरकोटी, सबिन बज्राचार्य, सेरमान पाख्रीन, दिपक ओझा, अशोक तामाङ, निमत खड्का, दिनेश बुढाथोकी, सन्तोष कार्की, जेम्स थापा, विकेन्द्र श्रेष्ठ, पृथ्वी भुजेल लगायत रहनु भएको छ ।


क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका कार्यालय सदस्य सुदर्शनको प्रमुख आतिथ्यतामा सम्पन्न एकता भेलामा प्रमुख अतिथि सुदर्शन लगायत युवाका केन्द्रीय इन्चार्ज समेत रहनु भएका नेता दिपक, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रदेश ३ का संयोजक अटल लगायतका नेताहरुले शुभकामनासहित महत्वपूर्ण प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

निर्माण तामाङको अध्यक्षता र असल वाइवाको सञ्चालनमा सम्पन्न भेलामा युवा संगठनका नेताहरु अभिनाश, प्रमोद र विकल्पको समेत उपस्थिति रहेको थियो ।