काठमाडौं । क्रान्तिकारी कम्युनिसट पार्टी नेपालले एक वक्तव्य जारी गर्दै पार्टीका सचिवालय सदस्य भुपेन्द्र न्यौपानेमाथि परेको निवेदनमाथि छानबिन भइरहेको जानकारी सार्वजनिक गरेको छ । पार्टीका प्रवक्ता कञ्चनले जारी गरेको वक्तव्यमा निवेदन उपर पार्टीले छानबिन गरिहेको अवस्थामा न्यौपानेलाई आरोपित गर्दै सार्वजनिक भएका कतिपय विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
वक्तव्यमा भनिएको छ, “हालै हाम्रो पार्टीका केन्द्रीय सचिवालय सदस्य क। भूपेन्द्र न्यौपानेलाई आरोपित गर्दै सार्वजनिक भएका केही विषयमाथि पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । यस सन्दर्भमा सम्बन्धित व्यक्तिहरुद्वारा दिइएको निवेदनबारे पार्टीको सम्बन्धित निकायद्वारा छानवीन भइरहेको छ । छानवीन पश्चात् प्राप्त सत्यतथ्यका आधारमा सो विषयबारे आवश्यक जानकारी गराइने छ ।”