क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नं. प्रदेश समितिको बैठक लगत्तै प्रदेश अन्तरगतका जिल्लाहरु कास्की, तनहु र नवलपुरमा क्रमस: २०८० माघ १८, १९ र २० गते बैठक र बैचारिक र राजनीतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ ।
कास्की, तनहु र नवलपुरमा क्रमस: जिल्ला संयोजक सुजन, नविन र प्रतापले संचालन र अध्यक्षता गर्नु भएको थियो ।
कार्यक्रममा के.कार्यालय सदस्य तथा प्रदेश इन्चार्ज आजाद, के सचिवालय सदस्य तथा प्रदेश संयोजक अनुकुल , के सचिवालय सदस्य तथा प्रदेश सहसंयोजक रुपेश र के सचिवालय सदस्य जितले प्रशिक्षण दिएका थिए ।
कास्कीमा जिल्ला इन्चार्ज किशोर , तनहुमा जिल्ला इन्चार्ज रवी र जिल्ला सहइन्चार्ज संगिन र नवलपुरमा जिल्ला इन्चार्ज आकाशको ती बैठक तथा प्रशिक्षणहरुमा उपस्थिति रहेको थियो ।