महाधिवेशन आयोजक समिति सदस्य कमरेड पूर्ण गुरुङ्लाई बिनासर्त रिहाइ गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टीको माग

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महाधिवेशन आयोजक समिति सदस्य कमरेड पूर्ण गुरुङ्लाई बागलुङ जिल्ला प्रशासनले यही १७ गते बेलुकीपख उहाँकै घरबाट गिरफ्तार गरेको भन्दै पार्टीको महाधिवेशन आयोजक समितिले वक्तव्य निकालेर उहाँका विनाशर्त तत्काल रिहाइको लागि जोडदार माग गरेको छ । पार्टी प्रवक्ता कञ्चनले एक वक्तव्य जारी गरी यस्तो माग गर्नुभएको हो ।

वक्तव्यमा भनिएको छ, “एकजना भ्रष्ट स्वास्थ्य अधिकृतमाथि स्थानीय जनताले गरेको स्वतस्फूर्त कार्वाहीलाई निहुँ बनाएर गरिएको उहाँको गिरफ्तारी पूर्वाग्रहपूर्ण छ । हाम्रो पार्टी यो अन्यायपूर्ण गिरफ्तारीको तीव्र विरोध गर्दछ र उहाँलाई तत्काल बिनासर्त रिहाइगर्न माग गर्दछ ।”

thumbnail of Statement Purna Gurung